बनेपा, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, काभ्रे ईञ्चार्ज तथा पूर्वसञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाको मनोहराफाँटस्थित निवासमा गत बुधबार बिहान गराइएको बम विस्फोटको सर्वत्र निन्दा भएको छ ।
विस्फोटको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा एवं भत्र्सना गरेका छन् । आतंककारी समूहले प्रेसर कुकर बम प्रहार गरेर क्षति पु¥याएको उक्त आपराधिक घटनाको घोर निन्दा एवं भत्र्सना गर्दछु, नेकपा अध्यक्ष प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ । घटनामा संलग्नलाई नियन्त्रणमा लिएर कडा कानूनी कारबाही गर्न पनि प्रचण्डले सरकार समक्ष माग गरेका छन् ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेले आफ्नो पार्टी इन्चार्ज एवं पूर्व मन्त्री गोकुल बाँस्कोटाको घरमा वम विष्फोट गराएकोमा विरोध जनाएको छ । जिल्ला अध्यक्ष रुकु चौंलागाई र सचिव टोकबहादुर वाईबाले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै विष्फोटको विरोध गरेका हुन् ।
विज्ञप्तिमा उक्त अपाराधिक घट्नाको घोर निन्दा एवं भत्र्सना गर्दछौं । घट्नामा संलग्न अपराधीहरुलाई नियन्त्रणमा लिन र कडा कानुनी कारवाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछौं, भनिएको छ ।
त्यसैगरि राष्ट्रिय युवा संघ नेपाल काभ्रे, प्रेस संगठन नेपाल काभ्रे र अनेरास्ववियु काभ्रेले पनि छुट्टा छुट्टै प्रेस विज्ञप्ति जारी गरी विष्फोटको विरोध गर्दै कार्वाहीको माग गरेका छन ।
पूर्वमन्त्री बाँस्कोटाको मनोहराफाँटस्थित निवासको कम्पाउन्डभित्र बुधबार बिहान विस्फोट गराइएको थियो । विस्फोटबाट उनको कम्पाउन्ड, रोकिराखेको भ्यानसँगै छिमेकीको घरमा क्षति पुगेको छ । घटनाको जिम्मेवारी विप्लव समूहले लिएको छ । –नव क्षितिज साप्ताहिकबाट







