२०७४ मा दुई पार्टी मिलेर नेकपा नेकपा बन्यो। यसको सैद्धान्तिक जग अत्यन्त कमजोर थियो। केवल प्रधानमन्त्री र पार्टी अध्यक्षको चोचोमोचो मिलाएर दुई पार्टी एकीकृत भए। यद्यपि आम निर्वाचनले यसलाई शानदार ढङ्गले अनुमोदन गर्यो। झण्डै दुई तिहाइ जनमत प्राप्त भयो। केन्द्र मात्र होइन, प्रदेश र स्थानीय तहसम्म वामपन्थी कम्युनिस्टहरूको सरकार बन्यो।
तर “प्रधानमन्त्री–पार्टी अध्यक्ष” प्राप्त गर्ने विषयमा दुबै पक्ष हतारिए। प्रधानमन्त्री पाउने पक्षले केही समय लम्ब्याउन पाए हुन्थ्यो भन्ने चाहना राख्यो, नपाउने पक्ष कतिखेर आफ्नो पालो आउँछ भनेर छट्पटायो। त्यसपछि विभिन्न सैद्धान्तिक तर्कहरूको आवरणमा वामपन्थी कम्युनिस्टको एकल बहुमतको सरकारमाथि नै सेबोटाज गरियो। भएको यत्ति हो।
पार्टी विभाजन भयो। अदालतको सहारामा दुई पार्टी अलग भए। एउटा एमालेतिर फर्कियो, अर्को अदालतले बोकाइदिएको माओवाद बोकेर आफ्नैतिर फर्कियो। स्मरण रहोस्—एमालेसँगको एकताका बेला माओवाद त्यागेरै नेकपा ९नेकपा० मा समाहित भएको थियो।
त्यसपछि एमाले र यसको मूल नेतृत्वमाथि चौतर्फी घेराबन्दी र आक्रमण सुरु भयो। एकातिर एमालेभित्रै माधवकुमार नेपालहरू र “१० भाइ” को आन्तरिक आक्रमण थियो भने, बाह्य रूपमा विभाजित अर्को फ्याक्टरबाट पनि तीव्र आक्रमण भयो।
हामीले के निष्कर्ष निकाल्यौँ भने—हामी नेकपा ९नेकपा० कै निरन्तरतामा प्रतिबद्ध हुन्छौँ, र पार्टी, नेतृत्व तथा विचारमाथिको आक्रमणविरुद्ध लड्छौँ। बहुमत जनताको जनमत प्राप्त वामपन्थीहरूको पार्टी नेकपा एमाले र यसको नेतृत्वको रक्षा गर्नु नै अहिलेको कम्युनिस्ट आन्दोलनको मूल ध्येय हुनुपर्छ। सैद्धान्तिक रूपमा नेकपाकै निरन्तरता र प्राविधिक रूपमा एमाले नै सही अर्थमा मूलधार हो भन्ने निष्कर्षमा हामी पुग्यौँ।
त्यसपछि हामीमाथि तीव्र आक्रमण, गालीगलौज र आरोप–प्रत्यारोप सुरु भयो। धेरैले “गद्दार” भन्न पनि भ्याए। माओवाद छोडेको भन्ने तुच्छ आरोप लगाइयो, जबकि फुटवादीहरू स्वयं माओवाद त्यागेर एमालेसँग एकता भएका थिए। अझ अहिले त उनीहरूले पार्टीको नाम, चुनाव चिन्ह र मार्गनिर्देशक सिद्धान्तसमेत छोडिसकेका छन्। यस अर्थमा हामीले लिएको अडान नै सही थियो र छ भन्ने पुष्टि भएको छ।
केही समयअघि हामीलाई “एमालेमा रहेर कुहियो”, “अब केपी ओलीले घर न घाटको बनाउँछन्, हेर्दै जाउ” भनेर हतोत्साहित पार्ने प्रयास गरियो। तर एमालेको महाधिवेशनबाट विशाल कार्यकर्ताको समर्थनसहित सही निर्णय भएपछि उनीहरू चुप लाग्न बाध्य भए।
अझ केही नेताहरूले विभिन्न मुद्दा लगाएर जेल हाल्ने सम्मको प्रपञ्च रचे। तर त्यो सफल भएन। यदि आरोप पुष्टि हुने आधार भएको भए, जसरी पनि जेल हाल्ने प्रयास हुन्थ्यो—तर त्यो पनि मिथ्या सावित भयो।
हामीले निरन्तर संघर्ष गरेका छौँ—
२०७५ मा पार्टी विभाजन हुँदा हामी दरोसँग उभियौँ।
झण्डै दुई तिहाइको आफ्नै सरकार ढालिँदा अझ तीव्र रूपमा लड्यौँ।
२०७९ मा पाँच दलीय गठबन्धनसँग चुनावी प्रतिस्पर्धा गर्दा पनि डटेर उभियौँ।
“जेन्जी मुभमेन्ट” को नाममा पार्टी र देशमाथि भएको आक्रमणविरुद्ध उभियौँ।
षड्यन्त्रपूर्ण ढङ्गले भएको फाल्गुन २१ को निर्वाचनको सामना गर्यौँ।
निर्वाचनपछि पार्टीलाई भएको क्षतिप्रति निरन्तर आत्मसमिक्षा गरिरहेका छौँ।
नेतृत्वमाथि झुठा मुद्दा दर्ता, गिरफ्तारी र राज्यद्वारा गरिएको दमनको प्रतिवाद गरिरहेका छौँ।
यही क्रममा जब पार्टीको संसदीय दलको नेताको रूपमा कमरेड रामबहादुर थापा ‘बादल’ चयन हुनुभयो, भित्र र बाहिरबाट फेरि आक्रमण सुरु भयो। सुरुमा उहाँलाई दलको नेता हुन नदिनसम्मका जालझेल र षड्यन्त्र गरिए, तर सफल भएनन्—यो सम्भव हुने कुरा पनि थिएन।
अहिले फेरि विभिन्न कुतर्कहरू प्रस्तुत गरिँदैछन्— १० “पूर्व माओवादीको कब्जामा एमाले” भन्ने आरोप लगाइएको छ।
२० “भिरमा लड्ने गोरुलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिन्न” भन्ने निराशावादी तर्क अघि सारिएको छ।
३० “अब एमाले सकियो” भन्ने जस्ता मिथ्या निष्कर्षहरू निकालिएका छन्।
४० ू बादलले व्यक्त गरेको कुरा पार्टीको आधिकारिक होइनू
आदि इत्यादी ।
यी सबै तर्कहरू वैचारिक होइनन्, विभाजनकारी हुन्। गुटबन्दी गरेर “हामी रैथाने एमाले, अरू अस्ति भरखरका” भन्ने कुतर्क गर्नु आन्दोलन निर्माण होइन, विध्वंसको बाटो हो।
कम्युनिस्ट आन्दोलन विभिन्न धाराहरू, संघर्ष र एकताको प्रक्रियाबाट बनेको ऐतिहासिक प्रवाह हो। त्यसैले अहिलेको आवश्यकता विभाजन होइन, एकता, स्पष्ट दृष्टिकोण र संगठित संघर्ष हो।पार्टी , नेतृत्व र बिचारको रक्षा पहिलो सवाल हुनुपर्छ भन्ने आम पंक्तिको रहेको छ।
जहाँसम्म कमरेड बादलले पार्टी र नेतृत्वको रक्षाका बारे संसदमा अभिव्यक्त भएको तर्क छ यसले (
पार्टीको मूल स्पिरिट कमरेड बादलले स्पष्ट रूपमा व्यक्त गर्नुभएको छ। उहाँको अभिव्यक्तिमा देखिएको सार यस्तो छ—
रङ्ग क्रान्तिको नाममा देशभित्र अस्थिरता निम्त्याउने प्रयास भइरहेको छ।
पार्टी र नेतृत्वमाथि निरन्तर हस्तक्षेप गर्ने, लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने, र स्थापित दलहरूप्रति वितृष्णा र घृणा फैलाउने सुनियोजित अभियान देखिन्छ।
रास्वपाको धरातल पनि यस्तै असन्तोष र आक्रोशको भावनामा उभिएको देखिन्छ, जसलाई बाह्य शक्तिहरूले अझ उक्साउने काम गरेका छन् भन्ने आशंका बलियो बन्दै गएको छ।
भाद्र २३ र २४ का घटनामा सुरक्षा निकायको भूमिका निर्णायक रह्यो—राज्यको संरचना जोगाउने दायित्व उनीहरूले निर्वाह कति गरे कति गरेनन रु , यद्यपि केही प्रश्नहरू उठेका छन् जसको निष्पक्ष छानबिन आवश्यक छ।
त्यसैगरी, टिओबी ग्याङजस्ता समूहहरूको सक्रियता र बारबरा फाउन्डेसनजस्ता संस्थाहरूको सम्भावित भूमिकाबारे पनि गम्भीर रूपमा अध्ययन र अनुसन्धान गर्नुपर्ने देखिन्छ।
समग्रमा, देशको राजनीतिक स्थायित्व, राष्ट्रिय स्वाधीनता र लोकतान्त्रिक प्रणालीमाथि हुन सक्ने कुनै पनि प्रकारको हस्तक्षेपविरुद्ध सजग रहनु अहिलेको प्रमुख आवश्यकता हो।








