दक्ष ईन्टरनेशनलको आयोजना तथा राष्ट्रखबरको सहकार्यमा दोस्रो संस्करणको “ग्लोबल स्टार अवार्ड–२०२६” राजधानीको सुकेधारास्थित होटल मरक्युरमा भव्य रूपमा सम्पन्न भएको छ ।

कला, संगीत, पत्रकारिता, समाजसेवा, उद्यमशीलता, सौन्दर्य, फेसन, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई समारोहमा विशेष सम्मान अर्पण गरिएको थियो । कार्यक्रममा सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मानबाट उर्मिला श्रेष्ठ सम्मानित हुनुभयो । त्यसैगरी चलचित्र इतिहासकी अमर प्रेरणा तथा दिग्गज अभिनेत्री सम्मान–२०२६ बाट वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाललाई विशेष सम्मान प्रदान गरिएको थियो । लोकसंगीत, सञ्चार तथा साहित्य क्षेत्रमा दीर्घकालीन योगदान पुर्याउनुभएका वरिष्ठ लोकगायक एवं पत्रकार रामप्रसाद खनाललाई “लोकसंगीत, सञ्चार र साहित्यका जीवित दिग्गज अति विशिष्ट सम्मान–२०२६” प्रदान गरिएको थियो । त्यस्तै वरिष्ठ गायिका सुनिता लुइटेललाई “संगीतमा समर्पित सर्वोत्कृष्ट साधक तथा जीवित धरोहर सम्मान–२०२६” प्रदान गरिएको थियो भने भजन गायक रेशम सापकोटालाई “संगीत रत्न सम्मान” द्वारा सम्मानित गरिएको थियो ।

पत्रकारिता क्षेत्रका विशिष्ट व्यक्तित्वहरू अखण्ड भण्डारी, कल्पना शर्मा, वीरेन्द्र जैरु, खेमबहादुर बम तथा उदयराज शर्मालाई “पत्रकारिता विशेष सम्मान” प्रदान गरिएको थियो । त्यसैगरी गायक, कलाकार, पत्रकार, समाजसेवी, उद्यमी, चिकित्सक, फेसन डिजाइनर, ब्युटिसियन, मोडल तथा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई “ग्लोबल स्टार सम्मान–२०२६” प्रदान गरिएको थियो । सम्मानित व्यक्तित्वहरूमा  यमन श्रेष्ठ, रमेश बुढाथोकी, विष्णु कुँवर ‘धरती माता’, जीवन शर्मा, राममणि भट्टराई, पुरुषोत्तम आचार्य, सोनी अधिकारी, अनिल खनाल, पूर्णायु आयुर्वेदिक अस्पतालका प्रल्हाद चौहान, दीना गुरुङ, साहिल खान, सनम कठायत, पारु खड्का, डा. रुपेश बनियाँ, मनीषा राई, रमेश पाठक, कमल खड्का, पुरु भण्डारी, अनिल भण्डारी, प्रियंका प्रसाई तथा एलोन रेशम लगायत रहनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा विशिष्ट अभिनेता निर शाह तथा विशिष्ट अतिथिका रूपमा हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थिति रहेको थियो । त्यसैगरी पूर्व उपसभामुख एवं प्रतिनिधिसभा सदस्य इन्दिरा राना मगर, पूर्वसचिव भीम उपाध्याय, गायक आनन्द कार्की, गायिका देविका बन्दना, नेपाल जर्मन चेम्बरका अध्यक्ष का अध्यक्ष सन्तोष कुँवर, वरिष्ठ पत्रकार विदुर गिरी, प्राईम टेलिभिजनका ऋषि थपलिया, वरिष्ठ पत्रकार नवराज बजगाई, कार्यक्रम निर्देशक निशु झा, शिक्षा उद्यमी लक्ष्मण घिमिरे तथा व्यवसायी सिपी हुमागाईं लगायतको विशेष उपस्थिति रहेको थियो ।

समारोहको दोस्रो संस्करणका रूपमा आयोजित उक्त कार्यक्रम यसअघि नेपाल प्रहरी क्लबमा सम्पन्न भएको आयोजकले जनाएको छ । आयोजक समितिका अध्यक्ष चर्चित सेलिब्रेटी मेकअप  आर्टिष्ट  रहेका थिए भने कार्यक्रम निर्देशकका रूपमा राजेन्द्र लुइटेलको भूमिका रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार तथा रेडियो प्रस्तोता प्रियंका प्रसाईले गर्नुभएको थियो ।

कला, संस्कृति, सञ्चार, सौन्दर्य, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको योगदानलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त समारोह आकर्षक, व्यवस्थित तथा सभ्य वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

समारोहमा कला, संगीत, पत्रकारिता, समाजसेवा, शिक्षा, स्वास्थ्य, सौन्दर्य, फेसन तथा उद्यमशीलता लगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा देशभरबाट कलाकार, सञ्चारकर्मी, समाजसेवी, व्यवसायी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रम निर्देशकले स्वागत मन्तव्य व्यक्त गर्दै “ग्लोबल स्टार अवार्ड” ले विभिन्न क्षेत्रमा योगदान पुर्‍याइरहेका प्रतिभाशाली व्यक्तित्वहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्य बोकेको बताउनुभयो । उहाँले समाजमा सकारात्मक प्रभाव पार्ने स्रष्टा, कलाकार तथा कर्मशील व्यक्तित्वहरूको योगदानलाई उजागर गर्दै उनीहरूलाई सम्मानित गर्नु संस्थाको प्रमुख उद्देश्य रहेको उल्लेख गर्नुभयो ।

त्यसैगरी आयोजक समितिका अध्यक्षले समापन मन्तव्य व्यक्त गर्दै कार्यक्रमलाई भव्य, सभ्य तथा सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण अतिथि, सहयोगी संस्था, सञ्चारकर्मी, कलाकार तथा उपस्थित महानुभावप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले आगामी दिनमा अझ व्यापक र प्रभावकारी रूपमा कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

समारोहका प्रमुख अतिथि विशिष्ट अभिनेता  निर शाह तथा विशेष अतिथि पूर्व उपसभामुख एवं प्रतिनिधिसभा सदस्य  इन्दिरा राना मगरले कार्यक्रममा सम्मानित तथा अवार्ड प्राप्त गर्ने सम्पूर्ण व्यक्तित्वहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँहरूले नेपाली कला, संस्कृति, सञ्चार, शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएकोमा आयोजक संस्थाप्रति आभार प्रकट गर्नुभएको थियो ।

उक्त समारोह आकर्षक सांगीतिक प्रस्तुति, सम्मान वितरण तथा विशेष सांस्कृतिक कार्यक्रमसहित अत्यन्त भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

अवार्ड प्राप्त गर्नेहरु :

यम बराल – लेगेसी एचिभमेन्ट अवार्ड

एम्क इन्जिनियरिङ कलेज – एजुकेशन लिडरसिप अवार्ड

विनोद कार्की (मोहनीका महाराजा) – परम्परागत ज्ञान प्रवर्द्धन अवार्ड

देव कुमार तामाङ – राइजिङ स्टार भोकल ट्यालेन्ट अवार्ड

ध्रुव राज खड्का – लोक गायक अवार्ड

डा. सुचना मराहट्टा – एस्थेटिक डर्मेटोलोजीमा  अवार्ड

केशव ज्ञवाली – इन्डस्ट्रियल मेन्टरसिप  अवार्ड

ललिता जोशी श्रेष्ठ – स्किन एन्ड फेसियल ट्रेनिङ स्पेसलिस्ट अवार्ड

मन्जु गुरुङ – लोक संगीत योगदानमा अवार्ड

मुन लाइट मेकअप स्टुडियो एन्ड ब्युटी पार्लर (सुनसरी)  – मेकअप स्टुडियो एन्ड ब्युटी पार्लर अवार्ड- (कोशी)

निर्मला फुयाल बोहोरा – प्रोफेसनल सर्टिफाइड स्किन केयर एक्सपर्ट अवार्ड

पल शाह (पूर्ण विक्रम शाह) – ग्लोबल स्टार अफ द डिकेड (मोडल) अवार्ड

रामचन्द्र चन्द – लोक गायन अवार्ड

शान्ता कुमारी तामाङ – उत्कृष्ट इभेन्ट एक्जिक्युसन रिकग्जिसन अवार्ड

श्याम बहादुर महत ‘हारती माता’ – आध्यात्मिक समर्पण उत्कृष्टता अवार्ड

स्वर्ण दीप सेकेन्डरी स्कुल – शिक्षा क्षेत्रमा योगदान अवार्ड

तारा राना तिमिल्सिना – पब्लिक लिडरसिप उत्कृष्टता अवार्ड

टेक तामाङ – सामाजिक सचेतना गीतकार अवार्ड

उमा बस्नेत – क्रिएटिभ मेकअप आर्टिस्ट अवार्ड

उषा उप्रेती – म्युजिक भिडियो मोडलिङ अवार्ड

आलिस खनाल – राइजिङ स्टार म्युजिक भिडियो निर्देशक अवार्ड

अम्बिका तामाङ – राइजिङ स्टार मोडलिङ अवार्ड

एपिज ब्युटी एन्ड मेकअप स्टुडियो (धरान) – ब्युटी पार्लर ट्रेनिङ  अवार्ड-२०२६

एभोन्टोज – इभेन्ट भोटिङ सपोर्ट  अवार्ड

बाबु क्षेत्री – राइजिङ भोकल ट्यालेन्ट रिकग्जिसन अवार्ड-२०२६

विमला टण्डन क्षेत्री – सामाजिक अभियन्ता नेतृत्व अवार्ड

दीपा शाही – इनोभेटिभ ब्युटी एक्सपर्ट अवार्ड

गरिमा सिवाकोटी प्रसाईं – नेल टेक्निसियन अवार्ड

कमल शर्मा आचार्य – राइजिङ स्टार गीतकार अवार्ड

कुमारी गुरुङ – राइजिङ स्टार पेजेन्ट मोडल अवार्ड

लोकेन्द्र सापकोटा – आध्यात्मिक गीत सिर्जना अवार्ड

मन्जु राना – प्रमिजिङ मोडल रिकग्जिसन अवार्ड-२०२६ (महिला)

मन्जु सुवेदी (मन्जिला) – प्रोफेसनल कस्मेटोलोजी एक्सपर्ट अवार्ड

मेघबहादुर विश्वकर्मा (मेघेन्द्र) – पत्रकारिता  अवार्ड

मुना पाण्डे – इनोभेटिभ मेकअप ट्रैनर अवार्ड-२०२६ (लुम्बिनी)

रोजिना योन्जन – राष्ट्रिय इमर्जिङ फेशन डिजाइनर अवार्ड

रुपेश थापा – सिनेमेटोग्राफी अवार्ड

सपु खत्री – भोकल आइकन रिकग्जिसन अवार्ड

सरिता तामाङ – फेशन मोडलिङ अवार्ड

उमाज युनिसेक्स सलुन (इटहरी) – युनिसेक्स सलुन अवार्ड-२०२६ (कोशी)

अमित सापकोटा – लोक संगीत  अवार्ड

अमित्रा ढेके – ब्युटी इन्टरप्रेनरसिप अवार्ड

अनुप अर्याल – क्रिटिक्स च्वाइस अभिनय अवार्ड

अस्मिता थापा – फेसियल थेरापी स्पेसलिस्ट अवार्ड

बलराम कार्की / स्वीकृति कार्की – सामुदायिक योगदान उद्यमी अवार्ड

भानु ढकाल – वर्डस् अफ वन्डर अवार्ड

विद्या श्रेष्ठ – ब्युटी एक्सपर्ट अवार्ड

देवेन्द्र पाण्डे – म्युजिक भिडियो निर्देशन  अवार्ड

डिजे युवा (युवराज भण्डारी) – म्युजिक मिक्सिङमा डिजे  अवार्ड

गोविन्द भण्डारी – आध्यात्मिक गीतको नवीनता अवार्ड

कृष्ण रानाभाट – परम्परागत वाद्यवादन (पञ्चेबाजा) कलाकार अवार्ड-२०२६ (पुरुष)

मायादेवी श्रेष्ठ – क्यारेक्टर आर्टिस्ट नवीनता अवार्ड

पवित्र रिजाल – विशिष्ट आध्यात्मिक मोडल अवार्ड

अस्मिता भट्ट – ग्लोबल स्टार स्पोर्ट्स रिकग्जिसन अवार्ड

प्रिज्वल भण्डारी – इमर्जिङ म्युजिक भिडियो मोडल अवार्ड

राधाकृष्ण बसौला – क्रिटिक्स च्वाइस मोडलिङ अवार्ड

राधा शर्मा – ब्युटी एन्ड सलुन एक्सपर्ट अवार्ड

राजेश्वरी शिल्पकार – प्रोफेसनल मेकअप आर्टिस्ट अवार्ड

रोशना राजथला – सलुन एन्ड ब्युटी ट्रैनर अवार्ड

सन्तोषी पराजुली – प्रोफेसनल ब्युटी एक्सपर्ट अवार्ड

सपना जनक – स्टाइलिस मोडल अवार्ड

शिशिर परियार – परम्परागत वाद्यवादन (पञ्चेबाजा) कलाकार अवार्ड-२०२६ (महिला)

श्रीनी धाख्वा – फेशन डिजाइनर अवार्ड

सुष्मा घिसिङ तामाङ – क्रिएटिभ फेशन डिजाइनिङ अवार्ड

टीका पुन गुरुङ – नेल आर्ट स्पेसलिस्ट अवार्ड

प्रदीप फुटेला (भारत) – इन्टरनेसनल एडिटरियल अवार्ड

आचार्य प्रशान्त (भारत) – आध्यात्मिक ज्ञानमा आजीवन योगदान अवार्ड

अश्विनी कान्त झा – पेजेन्ट कोरियोग्राफी अवार्ड