बनेपा, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को भोलि मंगलबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा भएको १ महिनाभित्र नतिजा सार्वजनिक गर्न लागेको बोर्डले इन्ट्रीको काम सकेर कुनै त्रुटि हुन नदिन रुजुको काम गरिरहेको जनाएकोछ ।
आइटीले काम गरिरहेको छ परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो । ‘शिक्षक साथीहरूको राम्रो सहभागिता रह्यो । परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण भयो । रणनीति परिवर्तन हुँदा नतिजा छिटो सार्वजनिक गर्न लागेका हौँ,’ नियन्त्रक अधिकारीले भने । आइटीले काम सकेपछि बोर्ड बैठक बोलाउने तयारी छ । बोर्ड बैठक बसेपछि नतिजा सार्वजनिक गरिनेछ ।
एसईई परीक्षा गत चैत १९ देखि २९ सम्म सञ्चलान भएको थियो । यसवर्ष परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । जसमा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए । जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् ।
यसरी हेरौं एसईईको नतिजा ?
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारीसँगै नतिजा प्राप्त गर्ने विभिन्न माध्यमहरूको सूची सार्वजनिक गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर र विभिन्न वेबसाइटहरूबाट हेर्न सकिने व्यवस्था मिलाएको जानकारी दिएको छ । हेरौ चित्रमा–








