बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले ग्लोबल स्टार अवार्ड प्राप्त गर्नुभएको छ । दक्ष ईन्टरनेशनलले बिहिबार काठमाडौंको सुकेधारास्थित होटल मक्र्युरमा आयोजना गरेको एक भव्य कार्यक्रममा उहाँलाई ग्लोबल स्टार अवार्ड–२०२६ मा उत्कृष्ट पब्लिक लिडरशिप अवार्ड प्रदान गरिएको हो ।
बिगत लामो समयदेखि राजनिति र समाजसेवामा सक्रिय रहदै आउनु भएकी तारा राना तिमल्सिनाले बेथानचोक गाउँपालिको उपाध्यक्ष भएपछि विशेष गरी विपद व्यवस्थापन, युवा तथा महिला सीप आधारित उद्यमशीलता कार्यक्रम, उत्कृष्ट न्यायिक सेवा, सार्वजनिक सहकारिता, जनजीविका, आय आर्जन र उत्पादन मुलक कार्य, व्यक्तिगत थर्मोल थेरापी मेसिन र भैंसी वितरण कार्यक्रमलगायत उत्कृष्ट कार्य गरी जनताको मनमा बस्न सफल बन्नु भएको छ । यि र यस्तै उत्कृष्ट कार्यगरी सफल नेतृत्व बन्नु भएको कार्यको कदर गर्दै उत्कृष्ट पब्लिक लिडरशिप अवार्ड प्रदान गरिएको आयोजक समितिका अध्यक्ष, वरिष्ठ सेलिब्रेटी मेकअप आर्टिस्ट टेकराज पाण्डेले बताउनु भयो ।

कार्यक्रममा वरिष्ठ कलाकारहरु नीर शाह, मदन कृष्ण श्रेष्ठ, प्रतिनिधि सभाका पूर्व उपसभामुख एवं प्रतिनिधि सभा सदस्य इन्दिरा राना मगर, अग्रज पत्रकार नवराज बजगाई, समाजसेवी सि.पी. हुमागाई, राष्ट्रखबरका अध्यक्ष राजेन्द्र लुइटेल, कार्यक्रम निर्देशक टेक राज पाण्डेलगायतले अवार्ड, मेडल, प्रमाण पत्र र दोसल्लाद्धारा सम्मान गरेका थिए । कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा कमाएका, आ–आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएका दक्ष र प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।









