भुमिका
पछिल्ला दुई ( तीन दशकमा नेपाली समाजले देखेको परिवर्तन केवल विकासका सूचकांकमा सीमित छैन । यो परिवर्तन हाम्रो जीवनशैली, सम्बन्ध, सोच र व्यवहारको गहिराइसम्म पुगेको छ । बाटो, बिजुली, शिक्षा, वैदेशिक रोजगारी र प्रविधिको विस्तारले समाजलाई केवल बाहिरबाट होइन, भित्रैबाट रूपान्तरण गरिरहेको छ ।

हिजोको समाज जहाँ नियन्त्रण, परम्परा र सामूहिकता मुख्य आधार थिए, आज त्यही समाज संवाद, विकल्प र व्यक्तिवादतर्फ सर्दै गएको छ। यो परिवर्तन कुनै एक कारणले होइन ( आर्थिक विकास, सामाजिक चेतना, शिक्षा विस्तार र प्रविधिको संयुक्त प्रभावबाट भएको दीर्घकालीन रूपान्तरण हो । त्यसैले आजको समाजलाई बुझ्न “के बिग्रियो रु” भन्दा “के बदलियो र किन बदलियो रु” भन्ने प्रश्न बढी सान्दर्भिक हुन्छ ।

यही सन्दर्भमा एउटा थप प्रश्न उठ्छ ( परिवर्तनलाई बुझ्न नसक्दा ( आज हामी, हाम्रो परिवार र राजनीतिक संरचना किन युवासँग टाढिँदै गइरहेका  छौ

परिवर्तनको आधारस् समग्र विकासको संयुक्त प्रभाव 

प्रविधि आजको परिवर्तनको सबैभन्दा देखिने पक्ष हो, तर यसको जरा आर्थिक र सामाजिक परिवर्तनमा गहिरो रूपमा गाडिएको छ । १९९० को दशकपछि नेपालमा आएको आर्थिक उदारीकरण, शिक्षा विस्तार, वैदेशिक रोजगारी र शहरीकरणले समाजलाई गतिशील बनायो । त्यसपछि मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालले यो परिवर्तनलाई तीव्र बनायो ।
यसैले यो परिवर्तनलाई केवल “डिजिटल क्रान्ति” भनेर मात्र बुझ्न सकिँदैनस यो आर्थिक, सामाजिक र प्रविधिगत रूपान्तरणको संयुक्त परिणाम हो । जसले करिब दुई–तीन दशकमा नेपाली समाजको संरचना नै बदलिदिएको छ।

हिजोको समाजस् नियन्त्रण र अनुशासनमा आधारित संरचनास

हिजोको समाजमा अभिभावक, शिक्षक र समाजका ठूला व्यक्तिहरू नै अन्तिम निर्णयकर्ता थिए । बालबालिका आज्ञाकारी हुनु नै गुण मानिन्थ्यो । अनुशासनको आधार डर थियो ( पिटाइ, गाली र सामाजिक दबाब शिक्षाको हिस्सा थिए ।

यो केवल व्यवहार मात्र होइन, शक्ति ( सन्तुलनको स्पष्ट संरचना थियो । ज्ञान र स्रोतमा पहुँच सीमित भएकाले साना पुस्ताले प्रश्न गर्ने अवसर पाउँदैनथे । यसले स्थायित्व त ल्यायो, तर स्वतन्त्र सोच र सिर्जनात्मकतालाई सीमित गर्‍यो ।

आजको समाजस् संवाद, अभिव्यक्ति र स्वतन्त्रताको विस्तार

आज बालबालिका र युवाहरू सूचना र ज्ञानमा पहुँचका कारण बढी सचेत भएका छन् । उनीहरू आफ्ना विचार खुला रूपमा राख्छन्, प्रश्न गर्छन् र आफ्नै निर्णय लिन खोज्छन् ।

यसले व्यवहारमा पनि परिवर्तन ल्याएको छ ( अब बालबालिका केवल सुन्ने होइन, बोल्ने र सहभागी हुने भएका छन् । तर यससँगै धैर्यता घट्नु, तत्काल सन्तुष्टि खोज्नु ९ष्लकतबलत नचबतषष्अबतष्यल०, तुलना संस्कृति ९अयmउबचबतष्खभ अगतिगचभ०को दबाब र मानसिक अस्थिरता जस्ता चुनौती पनि बढेका छन् । त्यसैले यो परिवर्तन सकारात्मक र चुनौतीपूर्ण दुवै पक्ष बोकेको छ ।

पारिवारिक सम्बन्धस् संरचना, कारण र बदलिँदो स्वरूप

नेपाली समाजमा पारिवारिक सम्बन्धमा आएको परिवर्तन गहिरो र बहुआयामिक छ । हिजो संयुक्त परिवार, धेरै सन्तान र सामूहिक जीवनशैली सामान्य थियो । बच्चाहरू २४ सै घण्टा परिवारको निगरानीमा हुन्थे । अभिभावकसँग समय पनि हुन्थ्यो र सामाजिक नियन्त्रण पनि बलियो थियो ।

आजको अवस्था फरक छ । सन्तान संख्या घटेर १ वा २ मा सीमित भएको छ । यसको कारण आर्थिक योजना, शिक्षा खर्च, रोजगारीको दबाब र समय अभाव मुख्य कारण हुन् । अभिभावकहरू व्यस्त छन्, समय सीमित छ । त्यसैले बच्चासँग बिताउने समय कम भए पनि उनीहरूमा अत्यधिक माया, लगानी र ध्यान केन्द्रित गरिएको हुन्छ । त्यही कारण आजका अभिभावकहरू एक अर्थमा आफ्ना बच्चाहरूसंग हारिरहेका हुन्छन् ।

यसलाई अहिले “केन्द्रित अभिभावकत्व (Centered Parenting) भन्न सकिन्छ ( जहाँ थोरै बच्चामा धेरै ध्यान दिइन्छ । तर यसले एउटा नयाँ अवस्था सिर्जना गरेको छ ( बच्चाहरू भौतिक रूपमा सुरक्षित र सुविधा सम्पन्न भए पनि भावनात्मक रूपमा एकलोपन बढ्दो छ । यसरी पारिवारिक सम्बन्ध “सामूहिक नियन्त्रण” बाट “व्यक्तिगत केन्द्रित सम्बन्ध” मा रूपान्तरण भएको छ । जहाँ डिजिटल सम्बन्धहरू पनि कहिले त्यसको पुरक त कहिले समस्याको समानान्तर रूपमा विकसित भइरहेका छन् । त्यहीँ कारण आजको पारिवारिक सम्बन्ध र सन्तुलन पनि बदलिएको छ ।

शिक्षा क्षेत्रस् पारिवारिक परिवर्तनको प्रभाव

पारिवारिक संरचना र व्यवहारमा आएको परिवर्तनले शिक्षा क्षेत्रमा पनि गहिरो प्रभाव पारेको छ । हिजो अभिभावकले शिक्षकलाई पूर्ण अधिकार दिन्थे ( बच्चालाई अनुशासनमा राख्न पिट्नसम्म अनुमति हुन्थ्यो । आज अभिभावकहरू सचेत भएका छन्, बच्चाको अधिकार र मनोविज्ञानलाई प्राथमिकता दिन्छन् । शिक्षक र अभिभावकबीचको सम्बन्ध पनि बदलिएको छ ।

शिक्षण विधि पनि परिवर्तन भएको छ ( अब विद्यार्थीलाई केवल कण्ठ गराउने होइन, बुझ्ने, सोच्ने र सिर्जना गर्ने बनाउन जोड दिइन्छ । विद्यार्थीलाई केन्द्रमा राखेर पढाउने प्रणाली विकसित हुँदै गएको छ । यसरी पारिवारिक सम्बन्धमा आएको परिवर्तनले शिक्षा प्रणालीलाई पनि “डर आधारित” बाट “समझदारी र सहयोग आधारित” बनाएको छ । तर अझै एउटा कमजोरी देखिन्छ ( जीवन सीप ९षिभ कपष्ििक०, भावनात्मक शिक्षा र आलोचनात्मक सोचको पर्याप्त विकास हुन सकेको छैन ।

आर्थिक संरचना र सामाजिक सम्बन्ध

नेपालको अर्थतन्त्र अहिले वैदेशिक रोजगारी, सेवा क्षेत्र र शहरी अर्थतन्त्रमा आधारित छ । यसले आर्थिक अवसर त बढाएको छ, तर सामाजिक सम्बन्धमा नयाँ चुनौती पनि ल्याएको छ ।

वैदेशिक रोजगारीले आम्दानी बढाएको छ, तर परिवार टुक्रिएको छ । गाउँबाट शहर बसाइँसराइले अवसर दिएको छ, तर सामाजिक एकता कमजोर बनाएको छ । सम्बन्धहरू पनि क्रमशः भावनात्मकभन्दा उपयोगितामूलक हुँदै गएका छन् ( जहाँ आवश्यकताअनुसारको निकटता मात्र कायम रहने प्रवृत्ति बढ्दो छ । उपभोग संस्कृतिले जीवनलाई सहज र सुविधायुक्त बनाएको भए पनि यसले मानवीय सम्बन्धको गहिराइ घटाउँदै लगेको छ, जसले दीर्घकालीन सामाजिक एकता र आत्मीयतामा असर पारिरहेको देखिन्छ ।

ऐतिहासिक रूपान्तरणस् निर्भरता देखि विश्वव्यापी चेतनासम्म

नेपाली समाजको विकासलाई हेर्दा  ( यो दास निर्भरता र सामन्तीय संरचनाबाट सुरु भएर सहकार्यमा आधारित जीवनशैली हुँदै शहरीकरण र अन्ततः विश्वव्यापी सम्पर्कसम्म आइपुगेको छ । यस यात्रामा भौतिक पूर्वाधार र सेवाहरूले महत्वपूर्ण भूमिका खेल्यो । बाटोले गाउँलाई बजारसँग जोड्यो, बिजुलीले दैनिक जीवनशैलीमा परिवर्तन ल्यायो, प्रविधिले विश्वसँगको दूरी घटायो र शिक्षाले मानिसको सोच, चेतना र दृष्टिकोणलाई रूपान्तरण गर्‍यो ।

यसरी भएका परिवर्तनहरूले मानिसलाई केवल भौगोलिक सीमाबाट मात्र मुक्त बनाएनन्, बरु सोच, निर्णय र जीवनप्रतिको दृष्टिकोणमा समेत स्वतन्त्रता प्रदान गर्दै मानसिक रूपमा पनि स्वतन्त्र र नयाँ युगतर्फ अघि बढाएको छ ।

बदलिँदो युवा चेतना र राजनीतिक चुनौती

आजको युवा पुस्ता व्यक्तिगत पहिचान, करियर र अवसरमा केन्द्रित छ । उसले परम्परागत ढाँचाभन्दा फरक सोच राख्छ । यहाँ एउटा महत्वपूर्ण विरोधाभास देखिन्छ ( हिजोका राजनीतिक नेतृत्व आफैं आन्दोलन र राजनीतिक यात्राबाट आएका हुन्, तर आज उनीहरूले आफ्ना सन्तानलाई राजनीति होइन, अन्य पेशागत क्षेत्रमा लाग्न प्रेरित गर्छन् । यसले युवामा एउटा स्पष्ट सन्देश दिन्छ ( राजनीति जोखिमपूर्ण र अस्थिर क्षेत्र हो ।

यसले गर्दा युवाहरू राजनीति प्रति आकर्षित नभई दूरी राख्न थालेका छन् । तर यसको अर्थ उनीहरू असचेत छैनन्स उनीहरू आफ्नो तरिकाले समाज र देशबारे सोचिरहेका छन् । उनीहरूलाई जोड्न परम्परागत भाषण होइन, उनीहरूको भाषा, माध्यम र सरोकार बुझ्ने नयाँ दृष्टिकोण आवश्यक छ ।

राजनीतिक दल किन असफल 

राजनीतिक दलहरूले प्रायः पुरानो भाषा र शैली प्रयोग गर्छन्, जसले आजको युवासँग सान्दर्भिकता गुमाएको छ । त्यहाँ युवा केवल सक्रिय सहभागी नभई भीडको रूपमा मात्र हेर्ने प्रवृत्ति देखिन्छ, र क्षमता वा mभचष्त भन्दा सम्बन्ध र अयललभअतष्यल लाई प्राथमिकता दिइन्छ । स्पष्ट खष्कष्यल र दीर्घकालीन चयबमmबउ को अभाव, साथै मष्नष्तब िउबितायचm को प्रयोग भए पनि त्यसको गहिरो समझ नहुँदा, युवा केवल असन्तुष्ट नभई विमुख र अविश्वासी बन्दै गएका छन् ।

समाज र परिवार किन बुझ्न असफल

यो बदलिएको आजको हाम्रो समाजमा पुरानो मापदण्डले नयाँ पुस्तालाई नाप्ने प्रयास जारी छ, जहाँ अभिभावक र समाजमा नियन्त्रण गर्ने प्रवृत्ति बढी छ र संवादको कमी छ । सुन्नुभन्दा निर्देशन दिने बानी, साथै डिजिटल पुस्तालाई पुरानोरपरम्परागत तरिकाले बुझ्ने गर्दा युवा आफ्ना विचार, अनुभव र भावनासँग सम्बन्धित महसुस गर्न पाउँदैनन् । परिणामस्वरूप, युवा केवल नजिक छैनन्, बरु क्रमशः टाढिँदै गइरहेका छन् ।

अबको बाटोस् सन्तुलन, संवाद र समझदारी

आजको चुनौती यो परिवर्तनलाई हिजोकै सामाजिक सम्बन्ध र चरित्रको फ्रेमबाट हेरेर रोक्नु होइन, त्यसलाई सन्तुलित र समझदारीपूर्वक अघि बढाउनु हो ।

परिवारले नियन्त्रणमा मात्र ध्यान दिनुको सट्टा संवादलाई प्राथमिकता दिनु, बालबालिकासँग पर्याप्त समय बिताउनु, भावनात्मक रूपमा उपस्थित रहनु र डिजिटल प्रविधि र ष्तिभचबअथ सिकाउनु आवश्यक छ ।

शिक्षणमा विद्यार्थीलाई केवल जानकारी दिने होइन, आलोचनात्मक सोच ९अचष्तष्अब ितजष्लपष्लन०, जीवन सीप ९षिभ कपष्ििक० र मष्कअगककष्यल(दबकभम भिबचलष्लन मार्फत सहभागी बनाउनु जरुरी छ । यसले बालबालिकालाई ज्ञान मात्र होइन, व्यवहारिक जीवनका चुनौती सामना गर्न सक्षम बनाउँछ ।

त्यस्तै ( राजनीतिमा युवालाई केवल सहभागी होइन, निर्णयकर्ता ९मभअष्कष्यल mबपभच० को रूपमा सम्मान गर्नु जरुरी छ । स्पष्ट दृष्टि, पारदर्शी प्रणाली र अर्थपूर्ण डिजिटल संलग्नता को माध्यमबाट युवाको सक्रियता र भरोसा बढाउन सकिन्छ ।

यसरी परिवार, शिक्षा र राजनीति सबै क्षेत्रमा सन्तुलन कायम गर्दा समाज परिवर्तनलाई थप र उन्नत स्वरूपमा सकारात्मक दिशामा मोड्न सकिन्छ ।

निष्कर्ष

यसरी हेर्दा नेपाली समाज बिग्रिएको होइन ( रूपान्तरण भएको हो । यो रूपान्तरण आर्थिक विकास, शिक्षा विस्तार, सामाजिक सम्बन्धको नयाँ चेतना र प्रविधिको संयुक्त प्रभाव हो । हिजोको सामूहिक र नियन्त्रणमुखी संरचना आज व्यक्तिवादी र संवादमुखी संरचनामा बदलिँदै छ ।

समस्या युवामा होइन, हाम्रो बुझाइ समयअनुसार बदलिन नसक्नुमा छ । अबको प्रश्न परिवर्तनलाई अस्वीकार या नजरअन्दाज गर्ने होइन, त्यसलाई कसरी सन्तुलित, न्यायपूर्ण र मानवीय बनाउने भन्ने हो । यही बुझाइले भविष्यको समाजलाई दिशा दिन्छ । अन्ततः, समय, प्रविधि र पुस्ताको यही अन्तरसम्बन्धले भोलिको नेपालको सामाजिक, सांस्कृतिक र मानवीय स्वरूप निर्धारण गर्नेछ—र यही विषय अबको गहिरो अनुसन्धानको प्रमुख क्षेत्र बन्नुपर्छ ।