काभ्रेपलान्चोक – बनेपा चौरिदेउराली गाउँकामा यात्रु बस पल्टियको छ । उक्त बसमा ५० जना सवार रहेको अनुमान गरिएको छ । दुर्घटनामा परि ४४ भन्दा बढि घाइते भएका छन् ।
घाइते सबैको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय कात्तिके देउरालीका प्रहरी निरीक्षक पवनकुमार झाले बताएका छन् ।
रामेछापको गुराँसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा ४ ख ७१०२ नम्बरको बस ब्याक गर्ने क्रममा सडकदेखि २० मिटर तल खसेर दुर्घटना भएको झाले बताए ।
झाका अनुसार विपरित दिशाबाट आएको गाडीलाई साइड दिनका लागि ब्याक गर्नेक्रममा बुधबार बिहान करिब १० बजेको समयमा बस दुर्घटनामा परेको हो ।
दुर्घटना पश्चात फरार रहेका बसका चालक अहिले टेलिफोन सम्पर्कमा आइसकेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक झाले बताए ।







