केहि समय अघिमात्रै सांगितिक बजारमा आएको नयाँ म्युजिक भिडियो फूलको थुगा यति बेला चर्चामा रहेको छ । नमराज ढुंगाना र समीक्षा अधिकारीको स्वर रहेको गीतको म्युजिक भिडियोमा लोकप्रिय मोडल तथा गायिका सिम्रन दुलालको उत्कृष्ट अभिनय रहेको छ । गित उनकै प्रस्तुतीमा बजारमा आएको हो ।
यस अगाडि पनि दर्जनौं म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी दुलालको साथमा सञ्जीव ठकुरी फिचर्ड छन् । गीत नमराज ढुंगानाको अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ । लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा मोडलको रुपमा काम गर्दै आएकी सिम्रन राष्ट्रिय सङ्गीतकर्मी संघ भक्तपुर जिल्ला अध्यक्ष र लोक साँस्कृतिक प्रतिष्ठान नेपालकी केन्द्रीय कोषाध्यक्ष समेत रहेकी छन् । भने गायक नमराज ढुंगाना लामो समयदेखि यो क्षेत्रमा स्थापित रहेका छन ।
हेर्नुस भिडियो








