सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर १३ फटकसिलामा नवराज घोरासैनि र कमला घोरासैनिको कोखबाट २०५६ साल चैत्र २७ गते जन्मनु भएको मनिषा घोरासैनि सानै उमेरदेखि गीत संगीतको उच्च स्थानमा देखिन्छ । प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागि दिनेश भण्डारीले उहाँसँग गरेको कुराकानी ः

० आज भोलि के मा व्यस्त हुनुहुन्छ ?
आज भोलि आफ्नै काम, कहिले महोत्सव र गीत संगीत तिर अनि अध्ययन शिलशिला तिर नै व्यस्त छु ।

० गीत संगीत बाहेक अरु के के गर्नु हुन्छ ?
गित सङ्गित बाहेक आफ्नो पढाई लाई अगाडि बढाउदै छु र प्राय जस्तो घरतिर कै कामहरु हुन्छ ।

० गीत संगीतमा तपाईंको यात्रामा कसरी सुरु भयो ?
म सानै देखि गित गाउन, नाच्न रुचाउने मान्छे हो । मेरो घरको माहोल नै गित सङ्गितको हुन्थ्यो, अनि स्कुल तिरको कार्यक्रमहरुमा पनि भाग लिन्थे सङ्गित सिक्ने गर्थे गित गाउथे नाच्थे, यस्तै शिलसिलामा मेरो गीत संगीत सुरु भएको हो ।

० तपाईलाई गीत संगीत कस्तो होस जस्तो लाग्छ ?
सुन्दा आन्नद मिल्ने, नाचुम नाचुम लाग्ने, थकाई मेटाउने हरेक शब्द र म्युजिकले मन छुने यस्तै भैदिए हुन्थ्यो जस्तो लाग्छ । तर नेपाली समाजमा विकृति फैलाउने खालको चाहिँ नहोस् जस्तो लाग्छ ।

० गीत संगीत लाई आम्दानीको श्रोत बनाउन सकिन्छ ?
बनाउन त सकिन्छ तर यो समयमा धेरै गाह्रो छ किन भने यो क्षेत्र निकै मिहिनेत गरेर मात्र सफल बन्न सक्ने क्षेत्रमा पर्दछ । तर कलाकारितामा लागेको कति पए कलाकारले बनाएको पनि देखिन्छ ।

० के तपाईंलाई कलाकारहरु गीत संगीत क्षेत्रबाट नै बाँच्न सक्छन् जस्तो लाग्छ ?
कलाकारहरुलाई यस क्षेत्र बाटै जिवन चालाउछु बाच्नको लागि नसक्ने हैन सकिन्छ तर धेरै मिहिनेत गर्न पर्छ । किन भने गीत संगीतबाट पैसा आउने भनेको युट्युवबाट हो । यसको राम्रो व्यवस्था भयो र आफ्नै भयो भने पछिल्लो समयमा आफ्नो आवश्यकता टार्न अलि सजिलो देखिन्छ हैन भने गित गाएर मात्र चाहिँ कठिन नै छ ।

० नेपाली गीत संगीतमा कलाकार ले महोत्सव तथा स्टेज प्रोग्राम हरुमा स्थान पाउन आफ्नो मान्छे वा चिनेको मान्छे चाहिन्छ भन्छन् तपाईंले कतिको स्थान पाउनु भएको छ ?
स्थान पाउन सकेको छैन, आफ्नो मान्छेलाई प्राथमिकता दिइने गरिएको छ, यस्तो कुराहरु देखिएको पनि छन । सुनिएको पनि छन । धेरै ठाउँमा आफ्नो र चिनेको कलाकारहरुले स्थान पाउने भएर हो नेपाली गीत संगीत मा राम्रो प्रतिभा भएको कलाकार ओझेलमा परेको ।

० नेपाली गीत संगीत क्षेत्रमा धैरै विकृती आएका छन् यसलाई कसरी लिनु भएको छ ?
यति नराम्रो संग फैलिसकेको छ कि भन्ने कुनै शब्द छैन । नराम्रो सिर्जना राता रात भाइरल भएका छ्न । मिहिनेत गरेर बर्षौ लगाएर लाखौं खर्च गरेर बजारमा आएको एल्बमले कुनै स्थान पाएको हुन्न र राम्रो सिर्जना छायाँ मा परेको देखिन्छ ।

० आजभोलिको म्युजिक अवार्डहरु पैसा तिरे पछि मात्र प्राप्त गर्न सकिन्छ भन्छन नी यसमा तपाईंलाई के लाग्छ ?
मैले खासै अवार्ड पाएको छैन, तर जति पाए आफ्नो स्वर, सङ्गितले गर्दा पाए । तर धेरै सुनेको चाहिँ छु अवार्ड पाउन पैसाको चलखेल हुन्छ भनेर ।

० गीत संगीत बजारमा सार्वजनिक गर्दा विषेश ध्यान दिन पर्ने कुराहरु छोटकरीमा उल्लेख गर्नुहोस ?
पहिला त आफ्नो सिर्जना राम्रो हुन पर्छ, राम्रो सिर्जना सङ्गै राम्रो भिडियो र अडियो पछि आफ्नो सिर्जना सबै सामु पुराउन बिज्ञापनमा ध्यान दिनु पर्छ ।

० गीत संगीतमा लागेको मान्छे चर्चित हुँदै गए पछि बिदेशीनि गरेको देखिन्छ नी ? के कलाकार ले गीत संगीत वाट आफ्नो जिविकोपार्जन गर्न नसक्ने हो ?
उम त्यति धेरै बुझेको त छैन म पनि नयाँ छु यस क्षेत्रमा तर सुनेको कुरा आफ्नो स्थान सँगै आम्दानी नभएका र गीत संगीतबाट राम्रो कामइ गर्न नसक्ने कारणले बिदेशिने गरेका छन धेरै कलाकार हरु ।

० कसको प्रेरणाले गीत संगीतमा लाग्नु भयो ?
मलाई जन्म दिने बुबा र सानुबुवा यसै क्षेत्रमा लागेर आफ्नो जीवनमा अगाडी बढेको देखेर उहारुकै प्रेरणाले मलाई पनि गित संगितमा लाग्ने हौसला मिल्यो र अहिले बुबा कै सृजना मा मेरो स्वर छन् ।

० यस क्षेत्रमा लाग्नको लागी तपाईलाई घर परिवार बाट कतिको साथ सहयोग मिलेको छ ?
मलाई धेरै सपोर्ट छ, भन्ने शब्द छैन म त्यति भाग्यमानी छु मेरो परिवारको पुरा सहयोग पाएको छु ।

० यतिको चर्चित गायिका बन्न कतिको सङ्घर्ष गर्न पर्यो ? बिगतका केही रमाइला पलहरु उल्लेख गर्नुहोस् ?
आफ्नो मिहेनत र संघर्ष त आफ्नो ठाउँमा धेरै गरेको छु तर मेरो बुबा, सानुबुवा, मेरो दाईहरु र सम्पुर्ण घर परिवारको साथ पाएको कारण सहज महशुस गर्ने गरेको छु ।

० तपाईंको सबै गीत संगीत चर्चा मै छन् तर सबै भन्दा चर्चामा रहेको गीत कुन हो ?
गीतहरु त धेरै छन् तर अलि धेरै चर्चा मा रहेको गीत भन्ने हो भने गमलामा जाई २, ज्यान जाला होस गर) नै हो ।

० मनिषा घोरासैनि लाई दर्शकले कसरी चिने हुन्थ्यो जस्तो लाग्छ?
एक असल, मिहिनती कलाकार र सबैलाई सम्मान व्यवहार गर्ने र गित सङ्गितमा लागि पर्ने गायिका हो भनेर चिने हुन्थ्यो जस्तो लाग्छ र म पनि यस्तै बन्न चाहन्छु ।

० अन्त्यमा के भन्न चाहानु हुन्छ ?
मलाई छोटो समयमा यति धेरै दर्शकहरुले साथ दिनु भएको छ माया दिनु भएको छ र मेरो स्वरलाई मन पराउनु भएकोमा मनै देखि धन्यवाद भन्न चाहान्छु र आगामी दिनहरुमा आउने मेरो हरेक सिर्जनालाई यसै गरि माया गरिदिनु होला भन्न चाहान्छु । मलाई तपाईं को मिडिया मार्फत यो स्थान दिनु हुने तपाईं र तपाईंको सम्पुर्ण टिम प्रति आभार प्रकट गर्दछु धन्यवाद । नव क्षितिज साप्ताहिकबाट