अरबिन्द्र गौतम /बनेपा
१८ , मङ्सिर /  काभ्रे – बनेपा रतनदेवी बहुउद्देश्यीय सहकारी संस्था लि.को १३ औ वाषिर्क साधारण सभा तथा बृहत सांस्कृतिक कार्यक्रम २०७६ हुने भएको छ ।

बेथानचोक गाउँपालिका वडा न: ४ पार्थलीको श्री सरस्वती मा बिको प्राङ्गणमा यहीँ मङ्सिर २८ गते शनिबार का दिन रतनदेवी बहुउद्देश्यीय सहकारी संस्थाको १३ औ वाषिर्क साधारण सभा तथा बृहत सांस्कृतिक कार्यक्रम हुने नेपालकै कान्छा जादुगर ( आयोजक सदस्य ) गणेश केसिले जानकारी दिनु भयो ।

रतनदेवी बहुउद्देश्यीय सहकारी संस्था लि।को १३ औ वाषिर्क साधारण सभा तथा बृहत सांस्कृतिक कार्यक्रममा नेपालकै बहु चर्चित गायक भोजराज काफ्ले , नेपालकै कान्छा जादुगर गणेश केसि , गायिका सरु गौतम , कमेडिएन भगवान खत्री , निर्देशक तथा कलाकार अमर कृष्ण चन्द , लोक गायिका सावित्री मगर , र्यापर प्रतीक अधिकारी , गायिका अनिसा तामाङ , चर्चित बेलि डान्सर छिरिङ लामा , मोडल तथा डान्सर महेश थापा , मोडल निश्चल खत्री लगायतका कलाकारको बेजोड प्रस्तुति रहने छ ।

कार्यक्रम संचालन भने अनित बिस्टले गर्नेछन् । साथै उक्त दिन सहकारीको नयाँ सदस्यता लिने महानुभावहरुलाइ विशेष सम्मान र निशुल्क सदस्यता प्रदान गरिने संस्थाका ब्यवस्थापक राजकुमार खत्रीले जानकारी दिनु भयो ।