काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिकामा जन्मनुभएको गायक मधु दाहाल आज भोलि नयाँ गित लिएर आउने तयारीमा हुनुहुन्छ । सानै देखि लोक गित संगीत सुन्ने र गाउँ घरमा जात्राहरुमा पर्व विशेषमा गित गाउन निकै रुचि राख्ने दाहालले छिटो समयमै
चर्चा कमाएर आफ्नो छुट्टै पहिचान बनाउनु भएको छ । गित संगीत क्षेत्रमा लाग्ने चाहाना सानै उमेर देखि रहेको बताउनु हुन्छ । भन्नुहुन्छ यस क्षेत्र बाट म सँग सँगै मेरो परिवार पनि निकै खुसी छ्न । प्रस्तुत छ नव क्षितिज साप्ताहिका लागि अरबिन्द्र गौतमले गायक मधु दाहालसँग गरेको छोटो कुराकानी

० आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?
म आज भोलि आफ्नो दैनिक कामहरुको साथै समय मिलाएर आफ्नो रुचि रहेको गित संगीत क्षेत्रमा लागिरहेक छु र मेरो नयाँ गित आउने तयारीमा छ सबै काम सकियको छ अबको केही दिन पछि आउने छ ।

० सुरुका दिनहरुको बारेमा बताउनुहोस गायन क्षेत्रमा कसरी लाग्नु भयो ?
गित संगीत मलाई सानो उमेर देखि नै मन पर्ने क्षेत्र हो । यो क्षेत्रमा निकै चासो राख्ने गरेको थिए । गाउँ तिर हुने मेला पर्व जात्रा तिर गित गाउथे प्रतियोगितमा भाग लिने गरेको थिए । पछि बिस्तारै अनलाइन रोधी घरहरु तिर पनि आवद्ध भए अनि सबै सँग चिना परिचय भयो त्यस बाट झन मलाई यस क्षेत्रमा घुस्ने अवसर मिल्यो अनि गित रेकर्डिङ गरियो यसरी नै म गित संगीत क्षेत्रमा प्रवेश गरेको हु ।

० पहिलेको गित सँगित र अहिलेको गित सँगितमा तपाईं के फरक देख्नु हुन्छ रु धेरै बिकृती आएको होइन अहिलेको गित सँगितमा ?
हो पहिलेको गित संगीत र अहिलेको गित संगीतमा धेरै फरक छ पहिलेको गित संगीतहरु पाखा पखेरी तिर सबै आमा बा दिदी दाजुहरु सँग बसेर सुन्न मिल्ने हुन्थ्यो भने अहिलेको गित संगीतमा धेरै छाडा पन आएको छ सबैसँग बसेर सुन्न सकिदैन यस्तो नहोस् सबै घर परिवार बसेर सुन्न हेर्न मिल्ने गित बजार ल्याउनु होला भन्न चाहान्छु ।

० कलाकारिता क्षेत्रमा किन एक कलाकारले अर्को कलाकार लाई सम्मान गर्ने जान्दैनन् ?
हो एक कलाकारले अर्को कलाकार लाई सम्मान गर्नु पर्छ । यहाँ यसो भएको पाइदैन म सबै कलाकार लाई के भन्न चाहान्छु भने तपाईंहरु पनि सानो बाट नै त्यहा सम्म पुग्नु भएको हो । त्यसैले सबैले जो जहाँ जुन स्थानमा हुनु हुन्छ सानो ठुलो चर्चित भए पनि नभएपनि सबैले सबैको सम्मान गरौं भन्न चाहान्छु ।

० अहिलेसम्म कति गीत गाउनुभयो ?
मैले अहिले सम्म चार वटा गित गायको छु केही गित आउने तयारीमा छ्न ।

० कस्तो खालको गीत बढी गाउनुहुन्छ ?
म गाउन त सबै खाले गित गाउन सक्छु
तर काठे क्षेत्रका गितहरु अलि बढी गाउने गरेको छु ।

० गायनबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
गायन बाट म एकदम सन्तुष्ट छु भन्नू पर्छ आफुले मन पर्ने क्षेत्र भएका कारणले पनि म सन्तुष्ट छु ।

० गायनबाटै बाँच्न सकिन्छ ?
गायन बाट बाच्न सकिन्छ किन नसक्नु धेरै कलाकारहरु बाचिरहेका छन आफूसँग राम्रो कला हुनु पर्छ बाच्न सकिन्छ ।

० कसको प्रेरणाबाट गायन क्षेत्रमा लाग्नुभयो ?
मलाई गित संगीत क्षेत्र सानै उमेर देखि मन पर्ने क्षेत्र भएकाले पनि म यो क्षेत्रमा लागेर नै छोड्छु भन्ने थियो पछि बिस्तारै अनलाइन रोधी तिर लागियो सबै कलाकारसँग भेट पनि भयो अनि अझै यस क्षेत्रमा लाग्ने उतप्रेरण मिल्यो यसरी नै यो क्षेत्रमा लागेको हु ।

० कस्तो गायक बन्न मन छ ?
मलाई सबै दर्शक श्रोताको मन मुटुमा बसेर लोकप्रिय बन्न मन छ ।

० लोकगीत कस्तो होस् जस्तो लाग्छ ?
बोल्न नसक्ने आवाज बिहिनहरुको आवाज लिएर आओस् जस्तो लाग्छ ।

० पछिको योजना के बनाउनु भएको छ ?
गित संगीत क्षेत्र बाट नै अगाडि बढने योजना बनाएको छु ।

० पर्व विशेष गीत ठिक कि अरु गीत ठिक ?
मलाई चाहिँ दुबै खाले गित मन पर्छ किन कि पर्व विशेष गित पनि पर्व अनुसार चाहिन्छ साथै अरु गित पनि चाहिन्छ । त्यसैले दुबै खाले गितको आ आफ्नो ठाउँ छुट्टै महत्त्व बोकेको हुन्छ ।

० अन्तमा ?
मेरो केही मनका कुरा राख्ने मौका दिनु भएकोमा तपाईं लगायत तपाईंको मिडिया लाई धेरै धेरै धन्यवाद । जय गित जय संगीत