समाजमा ब्याप्त विकृति,विसङ्गती विरुद्ध सांकेतिक ब्यङ्ग प्रहार गर्दै हाँस्यब्यङ्गकारको जमघटका विच आलुपार्टी सम्पन्न भएको छ।
आलुपार्टीका संस्थापक वरिष्ठ हाँस्यब्यङ्गकार राम कुमार पाँडे निवास ९पाँडे प्यारडाइज ० जावलाखेलमा खोर्सानीको धुप लगाइ शंख ध्वनिका साथ जोगीको फेरी लगाउँदै कार्यक्रम सन्चालक शिरोमणि दवाडिले कार्यक्रम सुरु गरिएको आलु पार्टीमा समसामयिक बिषय र वस्तुस्थिति प्रती ब्यङ्ग गर्दै हास्य कलाकार घनश्याम गौतम नक्कली प्रचण्ड ले भट्याउँदै देउसी( भैलोको शैलीमा लौ खा भन्दै भ्रष्टाचारीको सांकेतिक प्रतिकमा जुत्ताको तलुवाले हिर्काउँदै फरक शैलीबाट तलुवा चटाएका थिए ।
आलुको शांकेतिक प्रतिकलाई सभापति र सभापत्नी बनाएर लाटोकोसेरोको प्रतिकलाई प्रमुख अतिथी मानिएको थियो। कार्यक्रममा सत्ता र कुर्सीको मोहमा परेका,७० काटेका बुढा नेताहरूलाई सांकेतिक ब्यङ्ग गर्दै राम कुमार पाँडेलाई कुर्सीबाट झारी चकटीमा सारेर नयाँ पुस्तालाई सत्ता हस्तान्तरण गर्नुपर्ने र बुढा पुस्ताले आराम गर्नुपर्ने संन्देश दिइएको थियो। वि।सं २०३४ सालदेखि निरन्तर फरक शैलीमा काग तिहारका दिन मनाइने आलुपाटी ४५ बर्षदेखि चल्दै आएको छ।बिगत केही वर्षदेखि आजकै दिनलाई हाँस्यब्यङ्ग दिवसका रुपमा पनि मनाउन थालिएको छ। आलु महिमा सुनाउँदै पाँडेले आलुको दाम सँगै बेथितिको चाङ बढेकोले ब्यङ्गलाई सुन्ने,बुझ्ने र बुझाउने अभियानको आवश्यकता माथि जोड दिनुभयो ।
हाँस्यब्यङ् क्षेत्रका साहित्यकार तथा कलाकारहरू शैलेन्द्र सिंखडा, दिपाश्री निरौला,शिरोमणि दवाडी,डा।बम बहादुर जिताली,बिष्णु तिवारी, घनश्याम गौतम, कमल ओली,रितु कंडेल,मनोज आचार्य,अजय अधिकारी सुशील डम्बर घिमिरे,कार्टुनिष्टहरू अविन,रविन र अशोकमान लगायत सुरेश तिमल्सिना, खगेन्द्र गुरागाई, सुमन आचार्यले कविता,मुक्तक,नृत्य,गायन कला तथा कार्टुन चित्र प्रदर्शन गरेका थिए।
कार्यक्रममा ब्यङ्ग र प्रस्तुतिका आधारमा प्रस्तोताहरूलाई सांकेतिक रुपमा विभिन्न दर्जाका आलु उपाधीले सम्मान गरिएको थियो। कार्यक्रममा शिर्ष नेताहरुलाई शिस्नु पानी लाउदै कलाकार गौतमले ू जता ततै भ्रष्टचार गन्हाउछौ । भन्ने चोटिलो प्यारोडी प्रस्तुति गरेका थिए भने कलाकार शैलेन्द्र सिम्खडाले नेताहरु बिदेशीको गुलाम भएको बिषयमा तिखो ब्यङ्ग प्रस्तुत गरेका थिए१ हास्य कलाकार तथा निर्देशक दिपा श्री निरौलाले आलु पाटीको महत्व दर्शाउदै यो हास्य कलाकारको पर्व हो यसको निरन्तरता हुनु पर्छ भन्ने कुरामा जोड दिइन१ कार्यक्रममा पुराना हास्य कलाकार बिष्णु तिवारी धेरै बर्ष अमेरिका बसेर नेपाल आएको बेला आलु पाटीमा रक्सिको महिमा भन्दै आफ्ना प्रस्तुति बाट दर्शकलाई भरपुर हँसाएका थिए१
हातको पाखुरा आकारको कलमबाट नाम दर्ता गरेर सुरुवात गरी अन्त्यमा आलु पार्टीको परम्परा अनुसार आलुकै परिकार खाएर ूजय आलु ूभन्दै कार्यक्रम समापन गरिएको थिए१ उक्त कार्यक्रमलाई च्यानल ४ नेपाल टेलिभिजन लगायत विभिन्न यु ट्युब च्यानल तथा फेसबुक बाट पनि प्रत्यक्ष प्रसारण गरिएको थियो ।








