२७ , असोज / काभ्रेपलान्चोक – बनेपा नेपाली गीत संगीतमा अलि फरक गर्ने सोच लिएर अगाडी बढी रहेका दुर्गेश थापा अहिले फेरी देउसी भैलो दशैँ तिहार गित”ह्याप्पी तिहार चिसो बियर ” आएका छन् र उक्त गीत सार्बजनिक भएको छोटो समयमा निकै चर्चा बटुलेको छ ।

 

दुर्गेश थापाको लय तथा दुर्गेश थापा र डिपी खनालको शब्द सृजना भित्र रहेको गितमा दुर्गेश थापाको सुमधुर आवाज रहेको छ । ठमेलको क्लबमा छायांकन भएको म्युजिक भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् भने बिकास ज्ञावालीले सम्पादन गर्नु भएको छ ।

 

शिब बिकले निर्देशन गरेको यस म्युजिक भिडियोमा दुर्गेश थापासंगै संगम शर्माको पनि दमदार अभिनय रहेको छ । संगम शर्मा पनि पछिल्लो समय निकै नै चर्चाको सिखरमा चुमेकी मोडल हुन् । शर्माले अभिनय गरेका दर्जनौ गीत बजारमा आएता पनि भगेरी गीतबाट एकाएक चर्चामा आएकी संगम यतिबेला उनका हरेक गित उतिकै चर्चा चुलिएका छन् । यस गीतमा पनि शर्माको उतिकै उत्कृष्ट अभिनय रहेको छ । आशा छ यो गीतबाट पनि शर्मालाई सफलताको खुट्किला पार गराउने छ । यो गीतमा दुर्गेश संगमसंगै रुद्र बोहरा,अर्जुन गौतम र साथीहरुको अभिनय रहेको छ । दुर्गेश थापाको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

https://youtu.be/06xttOM_J_c