१४ , असोज / काभ्रेपलान्चोक – बनेपा विजया दशमीको अवसर पारी लामो समयदेखि कलाकारितामा सक्रिय कलाकार निर्देशक अमरकृष्ण चन्द ‘अकृच’ को टेलिश्रृङ्खला ‘पछुतो’ संगत गुनाको फल तयार भएको छ ।
समसामयिक विषयवस्तुलाई मुख्य विषयवस्तु बनाएर तयार ‘पछुतो’मा संगतले बरालिदा चाडबाडमा परिवारमा आइपर्ने विपदलाई उजागर गरिएको निर्माण पक्षले जनाएको छ । निर्माणपक्षका अनुसार चाडबाडमा देखिएका विकृतिहरुले समाजमा पार्न सक्ने असरलाई यसमा चित्रित गरिएको छ ।
टेलिश्रृङखला ‘पछुतो’ मा शोभा प्रधान, रविन्द्र ढलकुटी, शोभा प्रधान, शुशिल सैंजु, बिकेश शाही, भिम थापा, मिस्रा काफ्ले, अमन शाही, शावित्री राना मगर, कृष्ण श्रेष्ठ, नवराज ढकाल, आश्मा खत्री, विष्णु रिजाल, जेन श्रेष्ठको साथमा अमरकृष्ण चन्दको दमदार अभिनय रहेको छ ।
अमरकृष्ण चन्दको प्रस्तुति ‘पछुतो’ लाई अरुणजंग शाहीले छायाँकन, सम्पादन गरेका छन् भने रजनी श्रेष्ठको श्रृङ्गार रहेको छ । जसको निर्माता रविन्द्र ढलकुटी, शोभा प्रधान अल्टर इनटरनेशनल मिडिया रहेका छन् । सुशिल सैंजु निर्माण नियन्त्रक रहेको प्रस्तुत श्रृङखलामा अमरकृष्ण चन्दको कथा, निर्देशन रहेको छ ।
परिवार खुशी नबनाइ मनाइने चाडबाडको कुनै अर्थ नहुने कथासार रहेको पछुतो दशैंको अवसरमा टेलिभिजनमा हेर्न पाइने निर्माण पक्षले जनाएको छ ।







