२६ , काभ्रेपलान्चोक – बनेपा दशैमा गरिबको पिडा पोख्दै गोमा नेपालीहरुको महान चाड दशैमा गरिबीका कारण भोग्नु परेको पिडालाई लिएर लोक दाहोरी गायिका गोमा कोईराला आएकी छिन् ।

दशैंलाई लक्षित गरि गायिका गोमाले शम्भु नेपालसँग मिलेर गरिबको पिडालाई समेटी “आयो दशैँ गरिबलाई रुवाउन” बोलको गीतको म्युजिक भिडियो बजारमा ल्याएका हुन् । महान चाड दशैमा समेत गरिबिका कारण दशै मनाउन नसकिएको र अरु दशैको रमझममा रमाउदा आफ्ना परिवार भने अभावमा रहनुपर्दाको खिन्न रहेको भाव गितमा पोखिएको छ ।

गीतमा बिहान खायो बेलुका के खाउँ र बेलुका खायो बिहान के खाउँ हुने अशंख्य नेपालीहरुको कथालाई समाबेस गरिएको गाियका गोमा बताउछिन् ।

हुँदा खानेहरुका लागि दशैं दशा बनेर आएको कथनलाई भिडयोमा उजागर गर्न खोजेको छ । “आयो दशैं गरिबलाई रुवाउन” बोलको गीतमा चर्चित पुराना लोकदोहोरी गायक घमेश दुलाल र गोमा कोइरालाको सुमधुर स्वर रहेको छ । शम्भु नेपालको लय तथा शब्दमा तयार गितको भिडियो आकर्षक रहेको छ ।

 

म्युजिक भिडियोमा मनोज खड्काको निर्देशनमा राज तामाङ्ग, प्रिती तामाङ्ग, रामशरण ढकाल, साजन बलामी, शितल राना मगर र आदित्य चापागाईंको मार्मिक अभिनय रहेको छ । भिडियोका छायाँकन रबिन बजगाईंले गरेका छन् भने सम्पादन प्रकाश एस।के ले गरेका छन् ।
गायिका गोमा कोइरालाले यस अगी थुप्रै गीतहरु बजारमा ल्याइसकेकी छिन् । नेपाली लोक तथा दोहोरी गीतबाट मौलिकता कहिले नगुमोस् भन्ने चाहना राख्ने गोमा “आयो दशैं गरिबलाई रुवाउन” समाजको यथार्थ भोगाई र गरिब निमुखाहरुको पिंडालाई समेटेर तयार पारिएकोले गीतबाट आशावादी रहेको बताउँछिन् ।

 

गीतका शब्द लय तयार पार्ने शम्भु नेपालले यस अघि पनि थुपै गीतहरुमा आफ्नो लय तथा शब्द सिर्जना भरिसकेका छन् ।
भिडियोलाई संगित सरोबरले युट्युबमा बजारमा ल्याएको हो । यु ट्युबमा गित रिलिज भएको केहि समय पछि नै गीतको भ्युअर्स धमाधम बढ्न थालेको छ । गायिका गोमा कोईरालाको नयाँ स्वादको यो गीत लोक गीतको क्षेत्रमा नयाँ आयाम रहेको बताइन्छ
।https://youtu.be/ksFL5Cuo4vE