९ , भदौ / काभ्रेपलान्चोक – बनेपा हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर बरिलै बरिलै बोलको तीज गीत बजारमा आएको छ।

काभ्रेको जनागालमा जन्मनुभएकि गायिका ईन्दिरा खत्री सानो उमेर देखी नै गित संगीतमा रुचि राख्नु हुन्थ्यो ।
पछिल्लो समयमा उहाँ कलाकारिता क्षेत्रमा निरन्तर लागी रहनु भएको छ र नयाँ नयाँ गित संगीत बजारमा ल्याउने तयारीमा रहेको बताउनु हुन्छ ।

ईन्दिरा खत्रीको पहिलो प्रस्तुति तिज गित बरिलै बरिलै आज बाट सार्वजनिक गरिएको छ ।

गितमा ईन्दिरा खत्री , श्याम रपालको शब्द र सबिन राज सेन्चुरिको लय रहेको छ । गीतमा ईन्दिरा खत्री , सबिन राज सेन्चुरी , टीका नेपाली , सबिता रामदामले स्वर दियका छन् ।

माया प्रेमले भरिएको गीतमा हिमाल सागरले निर्देशन गरेका छन । भाईले दिदी लाई तिजमा लिन आउने र दिदिले बिदा नपाउने जस्ता कुरा र दिदी भाईको माया प्रेम लाई गितमा देखाउन खोजिएको छ ।

भिडियो तलको लिङ्कमा रहेको छ ।