१८ , साउन / काभ्रेपलान्चोक – बनेपा नेपाली महिलाहरुको महान पर्व तीज नजिकिए सँगै तीज गीत ‘मेरि काली ’ बजारमा आएको छ ।
जनक लामा , दुर्गा गौतम , टीका भुजेलको स्वर रहेको उक्त गीत भिमसेन गौतमको मौलिक कोसेली रुपमा बजरामा आएको हो ।
गितमा लय तथा शब्द भिमसेन गौतमको रहेको छ भने एरेन्ज बिष्णु तामाङको रहेको छ ।
निर्देशक नारायण मगरको निर्देशन रहेको गीतमा सबिन गौतम , भिमसेन , दुर्गा , मिना र प्रतीक्षाको अभिनय रहेको छ ।
मेरि काली तिज गितको रामेश्वर जिरेलले छायाँकन गरेको छन् भने नारायण मगरले गितको सम्पादन गरेका छ्न ।
गितको भिडियो तलको लिंकमा रहेको छ ।







