दूध एक सम्पूर्ण खाद्यपदार्थ हो । उपत्यकामा गोपालवंशी तथा महीषपालवंशी राजाहरुले गाई भैसी पालन गर्ने गरेको ईतिहास छ । लिच्छवी कालमा घिउ एवं दुग्धजन्य पदार्थ निर्यात गरी अन्तराष्ट्रिय स्तरमा ख्याति समेत प्राप्त भएको हुंदा आर्थिक, सामाजिक हिसावले उक्त समयलाई स्वर्ण युगको नामले चिनिन्छ । पौराणिक ग्रन्थहरुमा पनि श्रीकृष्णले नौनी चोरेर आफना गरीव साथीहरुलाई खुवाउने गरेको र हालसम्म पनि हिन्दू धर्मावलम्वीहरmले पुराण लगाउंदा पञ्चामृतका रुपमा दुध, दहि,घीउ, गहुंत एवं मह राखी प्रसादको रुपमा चढाउनुका साथै सवै भक्तजनहरुले ग्रहण गर्ने गरेको सर्वविद्धितै छ । यसबाट दूध र दुग्ध पदार्थहरुको महत्व तथा उपयोग प्राचीन कालदेखि नै रहदै आएको पुष्टि हुन्छ । दुग्ध क्षेत्रको ऐतिहासिक पृष्ठभूमि निम्न अनुसार रहेको छ ।
– वि.स. १९१७, जंग वहादुर राणा वेलायत भ्रमणको क्रममा युरोपवाट गाई आयात भएको,
– सन् १९५२, पशुपंक्षी विकास शाखाको स्थापना,
– सन् १९५२, रसुवाको लाङ्गटाङ्गमा नेपालकै पहिलो याक चिज कारखानाको स्थापना,
– सन् १९५३, काभ्रेको टुसालमा लघु दुग्ध प्रशोधन तथा दुध संकलन केन्द्रको स्थापना,
– सन् १९५४, कृषि मन्त्रालय अन्तरगत दुग्ध विकास शाखाको स्थापना,
– सन् १९५५, Dairy development Commission को स्थापना,
– सन् १९५६, लैनचौरमा ५०० लिटर÷घण्टा क्षमताको दूध प्रशोधन कारखाना स्थापना,
– सन् १९६२, Dairy Development Commission, Dairy Development Board मा परिणत,
– सन् १९६६, पशु सेवा विभागको स्थापना,
– सन् १९६९, दुग्ध विकास संस्थानको स्थापना,
– सन् १९६९, दुग्ध उत्पादक संस्थाहरुको संस्थागत गठनको शुरुआत,
– सन् १९७३ ( १९८०, पांचै बिकास क्षेत्रमा दुग्ध विकास संस्थान अन्तरगतका दुग्ध वितरण आयोजनाहरुको स्थापना तथा विस्तार,
– सन् १९७०, को दशकतिर निजी दुग्ध उद्योगहरु स्थापनाको प्रारम्भ,
– सन् १९९० ( २०००, दश वर्षे दुग्ध विकास योजनाको निर्माण,
– सन् १९९१, नेपाल कृषि अनुसन्धान परिषदको स्थापनासंगै दुग्ध क्षेत्रसंग सम्वन्धित अनुसन्धान कार्यको प्रारम्भ,
– सन् १९९२, सहकारी ऐन जारी, दूध उत्पादक संस्था दुग्ध सहकारी संस्थामा परिणत हुनुका साथै अन्य दुग्ध सहकारी संस्थाहरुको स्थापना,
– सन् १९९२, दश वर्षे दुग्ध विकास योजना बमोजिम राष्ट्रिय दुग्ध विकास बोर्डको स्थापना,
– सन् १९९३, केन्द्रिय दुग्ध सहकारी संघको स्थापना,
– सन् १९९३, नेपाल डेरी साइन्स एशोसियसनको स्थापना,
– सन् १९९५, सरकारी स्तरमा विराटनगरमा पहिलो धुलो दूध कारखानाको स्थापना,
– सन् १९९८, नेपाल डेरी एशोशिएसनको स्थापना,
– सन् २००८, डेरी उद्योग संघको स्थापना,
– सन् २००८, निजीस्तरमा पोखरामा पहिलो धुलो दूध कारखानाको स्थापना,
– सन् २००९, निजी स्तरमा चितवनको ठिमुरामा दोश्रो धुलो दूध कारखानाको स्थापना,
– सन् २०१४, केन्द्रिय पशुपंक्षी पालन सहकारी संघको स्थापना,
– सन् २०१५, पशुपंक्षी विकास मन्त्रालय स्थापना,
– सन् २०१८, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय स्थापना,
– सन् २०१८, कृषि तथा पशुपंछी विकास मन्त्रालय स्थापना









