बनेपा, गौतम बन्धु राष्ट्रिय समाज जिल्ला समिति काभ्रेको जिल्ला भेला तथा प्रथम अधिवेशनले जयभद्र गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षहरुमा झम्कप्रसाद गौतम र तोरण प्रसाद गौतम, सचिवमा यदुनाथ गौतम तथा कोषाध्यक्षमा सुरेश गौतम चयन भएका छन ।
कार्यसमिति सदस्यमा परशुराम गौतम, रामचन्द्र गौतम, राजन गौतम, नन्दिप्रसाद गौतम, एकलक्ष्मी गौतम, लेखनाथ गौतम र माधवप्रसाद गौतम चयन भएका छन । गौतम बन्धु राष्ट्रिय समाज केन्द्रीय समिति तथा बागमती प्रदेश समितिको आयोजनामा शनिबार बनेपास्थित गौतम रिसोर्टमा सम्पन्न कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं पूर्वगृहमन्त्री बामदेव गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष शोभाकर गौतम, संस्थापक अध्यक्ष विदुर गौतम, बागमती प्रदेश समितिका पदाधिकारी तथा देशका विभिन्न स्थानबाट आएका गौतम बन्धुहरूको सहभागिता थियो । गौतम बन्धुहरूको मूल थलो गोतामकोट मानिन्छ । समाजले २०७९ सालमा केन्द्रीय समिति गठन गरेपछि विभिन्न जिल्लामा जिल्ला तथा स्थानीय समितिहरू विस्तार गर्दै आएको छ ।








