समुन्नत कृषि तथा गाउँ सुधार समिति धुलिखेल न.पा.–९. छोटेडाँडा, दाम्बिोट, काभ्रेले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रम २० जनाले रक्तदान गरेका छन ।
नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाको प्राविधिक सहयोगमा नित्य चण्डेश्वर महादेव मन्दिर धुलिखेल न.पा.–९, काभ्रेभञ्ज्याङमा आयोजित कार्यक्रममा स्वरोजगार युवा कृषि तथा पशुपंक्षी फर्म, छोटडाडा कृषि सहकारी, नित्य चण्डेश्वर कृषि सहकारी, पलाञ्चोक भगवती निर्माण सेवा, शंखमुल डेरीलगायतको सहकार्य रहेको धिरज कुमार तोलाङ्गेले बताउनुभयो ।