सरकारले जाडोयाम सुरु भएसँगै आज कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन गरेकोे छ । नयाँ समयतालिकाअनुसार सरकारी कार्यालय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने छन ।
नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय तथा सार्वजनिक निकायमा नयाँ समय लागू हुने छ । यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए । नयाँ व्यवस्थासँगै कार्यालय समय एक घण्टा घट्नेछ । सरकारको निर्णयअनुसार शैक्षिक संस्थाको हकमा भने यो समयतालिका लागू हुने छैन । जाडोयामको अवधिभर सरकारी कार्यालय तथा सम्बन्धित सार्वजनिक निकायले बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सेवा प्रवाह गर्नेछन ।








