सहकारी संघमार्फत समुदायमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले मण्डनदेउपुर नगरपालिका–९, लाकुरेधारामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । शिविरमा १५० भन्दा बढी नागरिकले आँखा परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका छन ।
जिल्ला सहकारी संघ लि. काभ्रेको आयोजना तथा श्री पञ्चकन्या महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि. को सह–आयोजनामा शनिबार संस्थाको कार्यालय परिसरमा शिविर सम्पन्न भएको हो । पञ्चकन्या सहकारी संस्थाको वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा रेयुकाई मासुनागा आँखा अस्पताल, बनेपाले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । शिविरमा स्थानीय नागरिकको आँखाको अवस्था परीक्षण गरी आवश्यक परामर्श दिइएको थियो । यस क्रममा मोतिबिन्दु पहिचान भएका बिरामीलाई निःशुल्क शल्यक्रिया सेवा उपलब्ध गराउने व्यवस्था पनि मिलाइएको छ । जिल्ला सहकारी संघ र रेयुकाई मासुनागा आँखा अस्पतालबीच भएको सम्झौताअनुसार पहिचान भएका बिरामीको शल्यक्रिया गरिने जनाइएको छ ।
जिल्ला सहकारी संघ लि. काभ्रेका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले सहकारी संघले सदस्य संस्थाहरूको प्रवद्र्धन र संस्थागत विकाससँगै समुदायको सामाजिक हितका कामलाई पनि प्राथमिकता दिँदै आएको बताए । उनले स्वास्थ्य र शिक्षाजस्ता आधारभूत क्षेत्रमा सहकारी संस्थासँग सहकार्य गरी सञ्चालन गरिने कार्यक्रमले नागरिकलाई प्रत्यक्ष लाभ पु¥याउने उल्लेख गरे ।








