राजेन्द्र बजगाईं र सारिका घिमिरेको स्वरमा रहेको नयाँ नेपाली गीत ‘उडायो लाहुरे दाजैले’ सार्वजनिक भएसंगै चर्चामा रहेको छ । गीतमा राजेन्द्र बजगाईंको शब्द तथा संगीत रहेको छ ।
गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ मनोज परियारले गरेका छन् भने रेकर्डिस्टको जिम्मेवारी राजेश नेपालले सम्हालेका छन । गीतमा धोलक, तबला तथा मादलमा भुवन गन्धर्व, बाँसुरीमा रत्न बीके, सारंगीमा हेमन्त कान्छा रसाइली र रिदम गिटारमा पुरस्कार खड्काको योगदान रहेको छ । गीतको रेकर्डिङ आफ्नो मन स्टुडियोमा गरिएको हो । एपी चलचित्र प्रोडक्सन प्रा.लि.ले अडियो तथा भिडियो निर्माण गरेको गीतको भिडियो निर्देशन अमर ओलीले गरेका छन । कोरियोग्राफी देवेन्द्र पाण्डेको रहेको छ ।
भिडियोमा राज टाईगर, शिला गजुरेल, राजन बुढाथोकी, विनोद रसाइली र रविना कार्कीलगायत कलाकारको अभिनय रहेको छ । छायांकन वीरेन्द्र भट्ट, सम्पादन तथा कलर मिलन विश्वकर्माले गरेका छन् भने पोस्टर डिजाइन सन्तोष डिजाइनले गरेका छन । त्यस्तै, मेकअप आर्टिस्टका रूपमा गीताञ्जली योगी, आईटी सपोर्टमा राजेन्द्र अर्याल तथा ग्रुप डान्सर र ड्रेसमा वस्त्रको सहकार्य रहेको छ । लाहुरे जीवन, नेपाली समाज र मौलिक सांगीतिक भावनालाई प्रस्तुत गर्ने उद्देश्यसहित तयार गरिएको गीतले दर्शक तथा स्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा निर्माण पक्षले गरेको छ ।