नक्कली प्रचण्ड बनेर लोकप्रियता कमाउनु भएको हाँस्य कलाकार घनश्याम गौतमले टोपेन्द्र कुमार “टिके“ बनेर नयाँ कार्यक्रम लिएर आएका छन् “ हाई ब्रिड क्रिएसन यु ट्युब मार्फत हरेक शुक्रबार दिउँसो १२ बजे रिलिज हुने कार्यक्रम मा कलाकार गौतमले टोपेन्द्र कुमार बनेर विभिन्न खाले शो लिएर आउने भएका छन् । को बन्छ सयपती नामक कार्यक्रम बाट नयाँ कार्यक्रम शुरु गरेका गौतमले टोपेन्द्र कुमार रिपोर्टर को भुमिका निर्वाह गरेका छन । प्रकाश श्रेष्ठ निर्माता रहेको उक्त कार्यक्रमको स्क्रिप्ट र निर्देशन घनश्याम गौतम र प्रकाश श्रेष्ठले गर्ने छन् ! हरेक हप्ता प्रशारण हुने कार्यक्रम मा “ द टिके शो“ मार्फत नेपालका सेलीब्रेटी लगायत अन्य विशिष्ट ब्यक्तिहरुलाई शो मा ल्याएर रमाइलो गर्ने बताइएको छ ।
यश अघि पनि “ट्वाकेन्द्र निवास,“ शेरे “ लगायतका कार्यक्रम मार्फत लोकप्रियता कमाएका कलाकार घनश्याम गौतम लाई टोपेन्द्र कुमार “ द टिके शो“ ले कतिको चर्चा कमाउने हो त्यो भने हेर्न बाकीनै छ पहिलो प्रस्तुति“ को बन्छ सयपती?? मा युगज्योती क्रियाशिल, डम्बर घिमिरे, बाबुराजा मानन्धर, तिलक लामिछाने लगायतका कलाकारको अभिनय रहेको छ ।

भिडियो हेर्न यो लिङकमा जानुहोला >

https://www.youtube.com/watch?v=RgUTLE7Uq5k&feature=share&fbclid=IwAR3EMo654irZNlAtz6UG_oeOPyRHH_OXgTU25wRQUeLRRBtxrQKGYeHv9Pw