काठमाडौँ- नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । काङ्ग्रेसले समसामयिक राजनीतिक परिस्थिति र भ्रातृ संस्थाको अधिवेशनका विषयमा छलफलका लागि बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो १:०० बजे बोलाइएको छ । काङ्ग्रेसले पार्टीको बैठकका लागि केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत गरेको छ ।







