काभ्रेपलान्चोक – विश्वमा कोरोना भाइरसको महामारीको बढिरहेको छ । नेपालमा पनि दिन प्रतिदिन कोरोना संक्रमित थपिदै गएका छन । उपत्यका बाट नजिकै रहेको जिल्ला काभ्रेमा पनि कोरोनको उच्च जोखिम छ । ७० जना भन्दा धेरै संक्रमित भेटी सकेको जिल्ला हो काभ्रे यस्तो अवस्थामा जिल्ला बासीहरु लाई सुलभ मुल्यमा उचित सेवा दिदै आएको छ बनेपामा रहेको बनेपा हेल्थ केयरले ।
उच्च स्तरीयको साथै प्रभावकारी स्वास्थ्य सेवा दिदै आएको बनेपा हेल्थ केयरले कोभिट 19 लाई मध्य नजर गर्दै हेल्थ केयर भित्रै आफ्नो दोस्रो वाषिर्कोत्सव मनाएको छ ।
सम्पूर्ण कर्मचारी सहित मनाएको बनेपा हेल्थ केयरले सस्थाका मेडिकल डाइरेक्टर रविन्द्र प्रसाद राजभण्डारी लाई मायाको चिनोको साथै कदर – पत्र प्रदान गरेको थियो भने बर्षको उत्कृष्ट कर्मचारीको रुपमा हाउस किपिङ बिभागका प्रमुख रमेश देउलालाइ प्रमाणपत्र र ट्रफि सहित सम्मान गरिएको थियो ।
चाडै नै बनेपा हेल्थ केयरले एम्बुलेन्स खरिद गर्ने तथा २५ सैयाको अस्पताल संचालन गर्ने कुरा प्रबन्ध निर्देशक जितेन्द्र थापाले जानकारि गराउदै कोभिट 19 लाई मध्य नजर गर्दै तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा स्वास्थ्य जाच तथा उपचार गर्न आउने बिरामीहरुलाइ नि:शुल्क रुपमा मास्क तथा फेश सिल्ड उपलब्ध गराउने समेत जानकारी दिनुभयो ।








