काभ्रेपलान्चोक – मकवानपुरका ब्लड क्यान्सर पीडित ४ वर्षीय बालक सुबोध आले मगर हाल काठमाडौंको महाराजगञ्जस्थित कान्तिबाल अस्पतालमा उपचारार्थ छन् । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंबर ३ बस्ने सन्तोष आले मगरका छोरा सुबोधलाई गत कात्तिकदेखि चेकजाँच गर्दाखेरी ब्लड क्यान्सर भएको पत्ता लागेको हो । उनको हेटौंडामा उपचार हुन नसकेपछि थप उपचारका लागि कान्ति बाल अस्पताल काठमाडौंमा लगिएको उनका बाबु सन्तोष आले मगरले बताए ।हेटौंडामा ज्याला–मजदुरी गर्दै आएका सन्तोष छोरालाई ब्लड क्यान्सर भएपछि एतिखेर काम छोडेर छोरासँगै अस्पतालमा छन् । सन्तोषकी श्रीमती उर्मिला आले मगर बेरोजगार छिन् । उनी सामान्य गृहिणी हुन् । एकातिर घरव्यवहार धान्न मुस्किल भएको छ भने अर्कोतिर छोराको उपचार कसरी गराउने भन्ने चिन्ता मगर दम्पती परेका छन् । यस्तो अवस्थामा सबैतिरबाट आर्थिक सहयोगको अपेक्षा गर्दै छोराको जीवन बचाइदिन उनले सबैलाई आग्रह गरेका छन् ।सहयोग गर्न चाहने संघसंस्था, व्यक्ति लगायतका सम्पुर्ण निकायहरुलाई सानीमा बैंकको खाता नंबर 025011080000129 मा रकम जम्मा गरी सहयोग गरिदिन आग्रह गरेका छन् । साथै 9828211599,9848829885 मा पनि सम्पर्क गरी सहयोग गर्न सकिनेछ
सहयोगका लागि-
सानिमा बैंक
खाता नं – : 025011080000129
खातावालाको नाम – सुबोध आले मगर
सुबोध आलेमगर को
आमा बुबाको नम्बर : +9779828211599,9848829885








