बनेपा – काभ्रे जिल्ला बनेपा नगरपालिका वडा न ११ मा विकासका काममा वडा अध्यक्ष शिव कुमार थापाले आफ्ना वडाका सबै क्षेत्रको विकास निर्माणमा प्रत्यक्ष सहभागिता र अनुगमन मा सक्रियता देखाएर आफ्नो वडालाई समृद्ध वडा बनाउन लागि परेका छन्।
बनेपा नपा वडा नं ११ को पाकुडोल सडक अन्तरगर्त ढलान निर्माणको लागि आर्थिक बर्ष ०७६/०७७ मा उक्त योजनालाई परेको दश लाख बराबबरको रकमले ९४ मिटर पक्कि ढलान गरेको उक्त योजना निर्माणका अध्यक्ष इन्द्रावती थापाले जानकारी दिनुभयो।
बनेपा नगरपालिका मा यस्ता बिकास निर्माण कार्य को लागि सबै मिलेर अगाडि बढ्ने हो भने वडा समृद्ध बनाउन गार्हो नहुने उक्त योजना का सचिव राजकुमार अधिकारी ले बताउनुभयो ।
उक्त योजनाको अनुगमन मा वडा अध्यक्ष शिवकुमार थापा , सदस्य सिताराम थापा, समाजसेवी सागरनाथ कपालि र विभिन्न व्यक्तिको सहभागिता रहेको थियो।







