बनेपा काभ्रे जिल्ला, खानीकोला गाउँ पालिका वडा न ५ तालढुङगामा वि.स २०३४ असोज १० गते जन्मनु भएका, लामो समयसम्म आफैं कुष्ठ प्रभावित भैइ अनेकौं दु:ख भोग्दै, आफैं दु:ख गरेर पढि विगत २० वर्षदेखि अमरदिप नामक निजि विद्यालय संचालन गरि हाल निजि विद्यालयको छाता संगठन नेशनल प्याब्सनको केन्द्रिय सदस्यमा रहि लामो समयदेखि कुष्ठ प्रभावित ब्यक्तिहरुको हक, हित, अधिकार र सह अस्तित्वको लागि आवाज बुलन गर्न आडिया नेपालको केन्द्रिय समितिका विभिन्न पदमा रहि हाल केन्द्रिय अध्यक्ष रहनुभएका राष्ट्रिय अन्तर्राष्ट्रिय छवि भएका अमर तिमल्सिना जुन १७ तारिका दिन आडिया ईन्टरनेशनलको बैठकले वहाँलाई अन्तर्राष्ट्रिय अध्यक्ष पदमा मनोनीत गरेको छ ।
यसले आम नेपालको शिर उच्च पार्नुको साथै विश्वसामु नेपालको नाम फैलिएको छ । वहाँले यो क्षेत्रमा धेरै काम गर्नुका साथै राष्ट्रिय अन्तर्राष्ट्रिय स्थरमा कुष्ठ प्रभावित ब्यक्तिहरुको हितमा काम गरे बपत धेरै कालमा सम्मान सगै पुरस्कार प्राप्त गर्नुभएको छ ।
वहाँले नेपालको प्रतिनिधित्व गर्दै विश्वका दर्जनौं देशको भ्रमणका साथै अन्तर्राष्ट्रिय जगतमा आफुलाई स्थापित गर्दै कुष्ठ रोग सम्बन्धि जनचेतना जगाउने खालको “सन लिट माउन्टेन” पुस्तक प्रकाशित गर्नुभएको छ भने अर्को पुस्तक “रिट्रनिङ द लस्ट स्माइल्स” नामक पुस्तक लण्डनबाट प्रकाशित हुँदैछ । यि दुबै पुस्तकहरु अङ्ग्रेजीमा लेखिएका छन् भने छिट्टै नेपाली भाषामा पनि अनुबाद गरिनेछ ।







