अशोक बुद्ध लामा,
दक्षिण कोरिया तामाङ कलाकार संघको आर्थिक सहयोग तथा तामाङ कलाकार संघको समन्वयमा महाभारत गाउँपालिका बन्खु सल्लेनीमा गत २७ गते कोरोनाको संक्रमणको समयमा राहत वितरण गरेको छ । सल्लेनीमा दलित तथा आर्थिक कमजोरी भएका ८७ एकल महिलालाई खाद्यान्न तथा स्वास्थ्य सामग्री सेलो गाएक तथा युवा सामाजेवी तामाङ कलाकार संघको केन्द्रिया सदस्य विजय थोकरले वितरण गरेका हुन ।