काभ्रेपलान्चोक – छोरीहरुसंग थाइल्याण्डमा रहेकी पूर्वयुवराज्ञी हिमानी शाह अहिले सामाजिक सञ्जालमा सकृय देखिएकी छन् । उनले पनि सर्वसाधारणले जस्तै टिकटकलाइ आफ्नो खुसी साट्ने माध्यम बनाएकी छन् सोमवारमात्र एउटा टिकटक भिडियो भाइरल भएको पूर्व युवराज्ञी हिमानी शाहको छोरीहरुसंग रमाइलो गरेको अर्को टिकटक भिडियो पनि सार्वजनिक भएको छ ।
कोरोना फैलन नदिन सरकारले जारी राखेको लकडाउनका बीच हिमानीले आफ्ना छोरीहरुसंग रमाइलो समय बिताइरहेकी छन् । छोरीहरु सामाजिक सञ्जालमा निकै सकृय छन् । उनीहरुले आफ्नी आमालाई पनि प्रवृधिमा रमाउन सिकाइरहेको यो भिडियोवाट देख्न सकिन्छ ,
यसैबीच पूर्वयुवराज्ञी हिमानी शाहलाई पनि उनका दुई छोरीहरुले सामाजिक सञ्जालमा सकृय बनाउन लागेको बुझ्न सकिन्छ । सोमवार अपलोड भएको भिडियो एकै छिनमा भाइरल भएको थियो । मंगलवार विहानै देखि फेरी अर्को टिकटकको भिडियो सार्वजनिक भएसंगै भाइरल भएको छ । सोमवार सार्वजनिक भएको सोही भिडियो पूर्वयुवराजले पारसले पनि शेयर गरेका हुन् ।
हिमानीले छोरीद्वय पूर्णिका राज्य लक्ष्मी शाह र कृतिका राज्य लक्ष्मी शाहसँग टिकटककामा गरेकी अभिनय अहिले भाइरल बन्दै गएको पाइन्छ ।
छोरीहरुलाई भेट्न थाइल्यान्ड पुगेकी र लकडाउनका कारण अहिले उतै अड्किएकी हिमानी छोरीका साथमा रमाइलो गरिरहेकी छन् । उनीहरुले टिकटकमा बनाएको भिडियोमा देशभक्ति गीत सुन्न सकिन्छ । उक्त भिडियोमा ‘यो मन त मेरो नेपाली हो’ बोलको गीतमा उनी आफ्नी छोरीसंगै नाच्दै गरेको देख्न सकिन्छ ।
‘गुराँसको फेदमुनि सम्झनाको छाँया, जहाँ गए किन लाग्छ मलाई तिम्रै माया’ बोलको गीतमा बनाएको टिकटक सोमवार निकै भाइरल भएको थियो । सो गीतमा हिमानीले दुई छोरी पूर्णिका र कृतिकासँग नृत्य गरेकी छन् ।
छोरीहरुका साथ समय विताउन थाइल्याण्ड गएकी हिमानी लकडाउनका कारण उतै छन् भने पूर्व युवराज पारस भने भिन्न भिन्न केटीहरुका साथमा पोखरामा रमाइलो गरिरहेका छन् । उनका भिडियो पनि सामाजिक सञ्जालमा निकै भाइरल हुन्छन् । उनका भिडियोमा गाली र ताली दुवै आउने गरेका छन् । हिमानी र उनका छोराछोरीको भिडियो र तस्बिरमा निकै राम्रा कमेन्ट आउँछन्







