काभ्रेपलान्चोक – नागरिकको स्वास्थ्यमाथि खेलवाड भएको भन्दै बालुवाटारमा विरोध प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले पानीको फोहोरा हानेको छ।

मंगलबार बिहान अभियान्ताहरूले स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै बालुवाटारमा विरोध प्रदर्शन गरेका हुन्।

उनीहरूले नाराबाजी समेत गरेको र प्रतिबन्धित क्षेत्रमा प्रदर्शन गरेको भन्दै पानीको फोहोराले नियन्त्रणमा लिन खोजेको महानगरीय प्रहरी परिसरका डिएसपी राजकुमार केसीले जानकारी दिए।