बनेपा – काभ्रेपलान्चोक नेपाल यातायात मजदुर संघ काभ्रेले यातायात काममा खटिएका मजदुर तथा श्रमिकहरुको सुरक्षाकाे लागि स्थानिय तह लाई ध्यानाकर्षण गराएकाे छ ।

नेपाल यातायात मजदुर संघ काभ्रेका अध्यक्ष सन्ताेष गाैतमले जारि गरिएकाे विज्ञप्तिमा उक्त ध्यानाकर्षण गरिएकाे छ ।

ध्यानाकर्षणकाे पत्रको विवरण हेर्नुस् तल ;

श्रमिक र श्रम आश्रित परिवारको परिवर्तन श्रम अधिकारको प्रत्याभूती हुन सक्दछ भन्ने मान्यताका साथ २०४७ (सन् १९९०) सालमा गठन एवं काठमाण्डौस्थित श्रम विभागमा दर्ता नम्बर २२ रही नेपालको ट्रेड युनियन ऐन अन्र्तगत दर्ता भएको नेपाल यातायात मजदुर संघ सबै यातायात कर्मी तथा सोसँग सम्बद्ध श्रमिकहरुको संघ स्तरको सँगठन हो ।
नेपालमा विकाशको पूर्वाधारको रुपमा रहेको यातायात क्षेत्र र यातायात क्षेत्रमा कृयाशील यातायातकर्मी सिङ्गो विकाशका पर्याय हुन सक्दछन् । तसर्थ, यसको विकास र विस्तारसँग यस क्षेत्रमा कार्यरत श्रमिक र श्रमिकका परिवारहरुको आर्थिक, सामाजिक र राजनैतिक स्तर वृद्धिलाई आफ्नो लक्ष्य ठान्दै राष्ट्रिय अन्तर्राष्ट्रिय सँगठनहरुसँग आफ्नो सम्बन्ध विस्तार गरि यातायात तथा यस क्षेत्रसँग सम्वद्ध र कार्यरत श्रमिकहरुको प्रतिनिधि मुलक सस्थाको रुपमा नेपाल यातायात मजदुर संघ रहेको छ ।

यसले यातायात तथा सम्बद्ध श्रमीकहरुको पेशागत हक हितको संरक्षण र संवद्र्धन गर्ने, श्रमीक वर्गको हितका खातिर कार्यरत संघ सस्थासँग सम्बन्ध स्थापित गरी आपसी सहयोग विस्तार गर्ने यो संस्थामा आवद्ध मजदुरहरु यतिबेला समस्यामा छन् । अहिले कोरोना भाइरस तथा कोभिड १९ ले गर्दा बिश्व समुदाय त्रसित अबस्थामा रहेको छ । विद्यमान महामारीको असर नेपालमा पनि परेको छ त्यसमा पनि यातायात मजदुरहरु थप जोखिममा छन् । यो समयमा यातायात मजदुरहरुलाई सुरक्षित रुपमा रहनका लागि आग्रह गर्दछौं । साथै, यो समयमा अत्यावश्यक साधन बाहेक अन्य यातायातका साधनहरु सञ्चालन नगर्न आग्रह गर्दछौँ ।
यो संकटको घडिमा अत्यवश्यक सामग्रीको ढुृवानी गर्दै जोखिम मोलेर काम गरिरहनु भएका यातायात क्षेत्रका मजदुरका समस्या बुझी उनीहरुलाई सुरक्षाको प्रत्याभूति दिलाउन, सुरक्षाको सामग्री उपलब्ध गराउनु राज्यको दायित्व हो । स्वास्थ्यकर्मी, सेना प्रहरीसँग यातायात मजदुर पनि मैदानमा छन् । यो कुरामा राज्यको ध्यान जानु आवश्यक छ । यो समयमा कार्यरत यातायात मजदुरहरुलाई थप तलब र प्रोत्साहन स्वरुप भक्ताको व्यबस्था, जीवन बीमा र पारिवारको सुरक्षाको व्यबस्था गर्नुहुन सरोकारवाला सबै निकायमा आग्रह गरिन्छ ।

कोभिड १९ को यो महामारीमा पनि स्वास्थ्य जोखिममा राखेर सर्वसाधारणका लागि खाद्यान्न, दूध, पानी, तरकारी लगायतका जन जिविकासँग जोडिएका अत्यावश्यक सामग्री ढुवानी गरिरहेका यातायात मजदुरका लागि न्यायोचित व्यवहार र उचित सम्बोधनका लागि नेपाल नेपाल सरकारसँग र सम्वद्ध सबैमा आग्रह गर्दछौँ ।

बोधार्थः
१) काभ्रे जिल्लाका १३ वटै स्थानिय निकायका प्रमुख तथा अध्यक्षज्यूहरु
२) जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक
२) यातायात व्यवसायी महासंघ, काभ्रेपलाञ्चोक
२) यातायात मजदुरसँग सरोकार राख्ने सम्पुर्ण संघ संस्थाहरू

अध्यक्ष : सन्ताेष गाैतम , नेपाल यातायात मजदुर संघ काभ्रेपलान्चोक