काभ्रेपलान्चोक – नेपाल सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि लगाएको लकडाउन उलंघन गरि बनेपा बजारमा संचालन गरिएको होटलहरु मा छापा मारेको छ ।
“समुदाय-प्रहरी साझेदारी” अबधारणा अन्तर्गत इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्र.नि. योगेन्द्र तिमिल्सिनाको कमाण्डमा १२ जनाको प्रहरी टोली खटि बनेपा नगरपालिकाको भित्री बजारहरुमा लक डाउनको समयमा लुकिछिपि संचालन गरिएका बिभिन्न होटल,भट्टिहरु छापा मारियको छ ।
ती होटलहरु बाट अन्दाजी १५०० लिटर अबैध घरेलु मदिरा नियन्त्रणमा लिई जन प्रतिनिधि, स्थानिय समाजसेवीहरुको सहभागितामा सामाजिक दुरी कायम गरी बनेपा न.पा.स्थित पुण्यमाता खोलामा नष्ट गरिएको इलाका प्रहरी कार्यलय प्रमुख प्र.नि. योगेन्द्र तिमिल्सिनाले राम्रो सन्देश लाई जानकारी दिनु भयो ।







