काभ्रेपलान्चोक – मण्डनदेउपुर नगरपालिका जिल्लाका मेयर टोकबहादुर वाईवाले आफ्ना नगरका सम्पुर्ण लाई नयाँ बर्षको शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले शुभकामना पत्रमा भन्नुभएको छ। सर्वप्रथम नगरवासी तथा सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी , आमाबुबा दाजुभाईहरुमा नयाँ बर्ष विक्रम संवत् २०७७ सालको सुखद उपलक्ष्यमा सुख, सु-स्वास्थ ,शान्ति ,समृद्धि र उत्तर उत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ,उहाले भन्नुभयो ।
हामीलाई थाहा छ पुराना बर्षहरुमा नयाँ बर्षको स्वागतको लागि हामी बिदा दिएर नयाँ बर्ष भित्र्याउन विशेष तयारी गर्थौ । अहिले परिस्थिति त्यस्तो रहेन हामी अप्ठ्यारो परिस्थितिको सामाना गर्दैछौ उहाँले भन्नुभयो ।
विश्व समुदाय अहिले (covid19)कोराना भाइरसको महामारी मा रुमलिरहेको यो परिस्थितिमा यस महामारीले हामी नेपाली र नेपाललाइ पनि छोएको अवस्थामा , विदेश बाहिर रहेका कतिपय नेपालिहरु पनि संक्रमित भएको। नेपालभित्र पनि १२ जना नेपाली संक्रमण दिखिएको छ।
यो संघिन अवस्थामा देश भित्र र बाहिर रहनुभएका सम्पुर्ण नेपालीहरुमा कोरोना भाइरस को संक्रमण बाट जोगाउन नेपाल सरकारले लकडाउन लगाइ सम्पुर्ण लाई घरभित्र नै सुरक्षित बस्न आग्रह गर्दछु उहाँले भन्नुभयो।अनि मात्र हामी कोरोना भाइरसको महामारी बाट चाडै मुक्त हुन्छौ।यसका लागि नेपाल सरकार ,प्रदेश सरकार ,स्थानीय सरकार र यस नगरपालिकाले गरेको कार्यक्रम मा हौसलापुर्ण सहयोग , साथ , समर्थन पाइरहेका छौ, उहाले भन्नुभयो।
यो अभियान मा उच्च मनोवल सहित लाग्नुहुने ,राजनीति दल,नागरिक समाज,पत्रकार ,स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी ,जनप्रतिनिधि र सम्पूर्ण नगर निवासीहरुमा यस मण्डनदेउपुर नगरपालिकाको तर्फबाट उच्च सम्मान व्यक्त गर्न चाहान्छु उहाले पत्रमा भन्नुभयो ।
हामी निर्वाचित भएर आएको पनि तीन बर्ष पुग्नै लागेको छ। २०७२ सालको भुकम्पले पनि धेरै धनजनको क्षेति बेहोर्नु परेको यहाहरुलाइ जानकारी नै होला।अत:यतिबेला पनि कोरोना भाईरसको महामारीबाट सावधानी अपनाउन सबैमा अपिल गर्दछु। नेपाल सरकारले अघि सारेको सुखि नेपाली , समृद्धि नेपाल ,बनाउने यो महान अभियान मा होमिएको यो अवस्थामा थियौं ।
काभ्रे जिल्लाको कान्छो नगरपालिका हामी विकास निर्माणमा अगाडि बढ्दै थियौ। हामीले अघि सारेका कतिपय योजनालाई यतिबेला थाति राख्दै यो महामारी बाट अाफु पनि बचौ र अरुलाई पनि बचाउ । मलाई बिश्वास छ हामी पहिलेकै अवस्थामा चाडै फर्कने छौ । हामिले लिएको कृषि र पर्यटन , मण्डन र देउपुर भन्ने नगरपालिकाको नारा लाई सार्थक बनाउने छौ।फेरि एकपटक नयाँ बर्ष २०७७ सालको मंगलमय शुभकामना व्यक्त गर्दै उहाले देश र नगरको बारेमा यस्तो धारणा राख्नुभयो।







