काभ्रे – विश्व भर कोरोना (COVID19)ले महामारी छाएको अबस्थामा नेपालमा पनि लकडाउनले डेरी उद्योग पनि मार्कामा परेको भन्दै, डेरी एसोसिएसनले प्रदेश सरकार र स्थानीय सरकार सँग अपिल गरेको छ ।

सरकारले अतिविपन्न र ज्यालामजदुरी गर्ने व्यक्तिहरुलाइ राहत वितरण गरिरहेको अवस्थामा डेरी जन्य बस्तुहरु पनि राहत प्याकेजमा हाल्नको निमित सरकारसँग माग गरेको हो ।

कोरोनाले विश्व नै महामारीको चपेटामा परेको बेला नेपाल पनि अछुतो छैन बजार सुनसान छ । हामी पनि लकडाउनको सामना गर्दै छौ।मानिसहरु त्रासले शहर छोडेर गाउतिर लागिरहेका छन।

होटल , रेस्टुरेन्ट ,स्कुल ,कलेज सबै बन्द छन तसर्थ दूध तथा दुधजन्य पदार्थको बिक्री ७०% ले घटेको छ।यस्तै कारणले डेरी उद्योगहरुले किसान दाजुभाइले उत्पादन गरेको दूध राम्रो संग संकलन हुन नसक्नाले कृषक दाजुभाइहरु पनि मार्कामा परेको हुनालेडेरी उद्योग हरुले बिक्री गर्ने सक्ने दूध मात्रै संकलन गरेको हुदा कृषक दाजुभाइको हित नहुने डेरी एसोसियसन का महासचिव प्रल्हाद दाहालले स्पष्ट पार्नुभयो ।

राहत प्याकेजमा दुधजन्य बस्तुहरु,घ्यु , पनिर, नौनि ,के- के मिल्छ समावेश गरि किसानहरुको दूध बिक्री हुन सहयोग गरे किसान हरुलाई पनि केही राहत मिल्छ कि दूध क्षेत्रको AGDP मा ९% योगदान रहेको र रोजगारी को हकमा पाच लाख कृषक परिवार निर्भर रहेको यो परिस्थितिमा सरकारले ध्यान दिए सबै किसान को समस्याको सम्बोधन हुने नेपाल डेरी यशोसियसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताउनुभयो ।