धुलिखेल,आगामी चैत्र ७ देखि १७ गतेसम्म काभ्रेमा राष्ट्रियस्तरको फुटवल प्रतियोगिता हुने भएको छ ।
जिल्ला फुटवल संघ काभ्रेले जिल्लामै ठूलो धनराशीको फुटवल प्रतियोगिता आयोजना गर्न लागेको हो । संघले प्रथम पुरस्कार चार लाख रहेको काभ्रे गोल्डकप फुटवल प्रतियोगिता आयोजना गर्न लागेको हो । जसको दोस्रो पुरस्कार राशी २ लाख रुपैया रहेको छ । शनिवार धुलिखेलमा पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला फुटवल संघले आगामी चैत्र ७ गतेदेखि १७ गतेसम्म संचालन हुने काभ्रे गोल्डकपको तयारी पुरा भएको जानकारी दिएको हो ।
जिल्लाको फुटवलको ईतिहासमा पहिलोपटक अत्याधिक धन राशीको फुटवल प्रतियोगिता आयोजना हुने प्रतियोगितमा ए डिभिजनका ६ सहित मोफसलका ४ टीमले सहभागिता जनाउने जिल्ला फुटवल संघ काभ्रेका उपाध्यक्ष एंव प्रथम काभ्रे गोल्डकपका संयोजक निरोज श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, संकटा क्लब, एफीएप क्लव, जावलाखेल क्लव, फेण्डस् क्लव, प्ले फर अत्तरियाले सहभागिता जनाउने छन् । त्यस्तै आयोजक जिल्ला फुटवल संघ काभ्रे, दोलखा, भक्तपुर र सिन्धुपाल्चोकले पनि सहभागिता जनाउने छन् ।
प्रतियोगिताको लागि धुलिखेल,बनेपा,पनौती,पाँचखाल,मण्डनदेउपुर,नमोबुद्ध नगरपालिकासँगै रोशी,तेमाल,बेथानचोक गाँउपालिकाले सहयोग गरेका छन् ।
पत्रकार सम्मेलनमा जिल्ला फुटवल संघका अध्यक्ष विकास नारायण श्रेष्ठ,उपाध्यक्ष महेश कर्माचार्य, महासचिव किशोर वरुण,पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना लगायतकाले फुटवल खेलको महत्वको बारेमा बोलेका थिए ।








