काठमाडौं, नन्दि विद्यार्थि कल्याण कोषले नन्दि मा.वि. नक्सालको सभाहलमा एक कार्यक्रमको आयाजना गरि नन्दि मा.वि. तथा नन्दि रात्री मा.वि.मा अध्ययनरत ४० जना छात्र÷छात्राहरुलाई पौष ५ गते छात्रवृत्ति प्रदान गरेको छ ।
कोषको स्थापना काल २०५६ साल देखि यो छात्रवृत्ति कार्यक्रम हालसम्म जारी हुँदै आएको छ । कार्यक्रममा युगपवन हुमागाईंबाट वरिष्ठ प्रगतिशिल एंव बाल साहित्यकार जनकप्रसाद हुमागाईं तथा उहाँकी धर्मपत्नी शोभादेवी हुमागाईं बुवा र आमाको नाममा २०६४ सालमा स्थापित जनक–शोभा छात्रवृति २०७२ साल पछि जनकप्रसाद–शोभादेवी हुमागाईं स्मृति छत्रवृत्ति २ जना छात्र तथा छात्रालाई प्रदान गर्दै उत्तरोत्तर प्रगतिको कामनाका साथै बधाई तथा हौसला प्रदान गर्नुभयो । साथै यसै कार्यक्रममा विभिन्न व्यक्तिहरुको नाममा स्थापित छात्रवृत्ति उहाँहरुकै आफन्तजनबाट छात्र–छात्राहरुलाई प्रदान गरिएको थियो । कार्यक्रमको अध्यक्षता कोषको वरिष्ठ उपाध्यक्ष गोपाल डँगोलले गर्नु भएको थियो भने प्रमुख अतिथी नन्दि मा.वि.को प्रधानाध्यापक गिता काफ्लेले गर्नु भएको थियो ।
कार्यक्रममा अतिथीको आसनमा कोषका प्रमुख सल्लाहकार एंव नन्दि मा.वि.का भू.पू. प्रधानाध्यापक तुलसी सायमीको पनि उपस्थिती रहेको थियो । कार्यक्रमा छात्रवृत्ति दाता मध्ये ९२ बर्षीय जेष्ठ सदस्य मदनमान मल्लले पानसमा दिप प्रज्वलन गर्नु भएको थियो । कार्यक्रमा वरिष्ठ उपाध्यक्ष गोपाल डँगोले आफ्नो मन्तब्यमा छात्रवृत्ति प्राप्त गर्ने छात्र–छात्राहरुलाई बधाई तथा शुभकामना दिदैं उत्तरोत्तर प्रगतिको कामना गर्नुका साथै कोषले प्रदान गर्दै आएको यस छात्रवृत्तिलाई निरन्तरता कायम रहनुका साथै आगामी शैक्षिकशत्र देखि शैक्षिकशत्र प्रारम्भ भएकै शुरुको महिनामा यस छात्रवृत्ति प्रदान गरिने बताउनु भयो । जसले गर्दा छात्रवृत्ति प्राप्त गर्ने सबै बिद्यार्थीहरुलाई शैक्षिक गतिविधी गर्न सहजता मिल्ने छ । कार्यक्रमा स्वागत मन्तव्य कोषका द्वितीय उपाध्यक्ष राजेन्द्रमान डँगोलले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन कोषका कार्यबहाक सचिव उमेशमान श्रेष्ठ र कोषका आजिवन सदस्य मनोहरवेटी श्रेष्ठले गर्नु भएको थियो ।