नेपाली मौलिक पेय पदार्थ मोही ९बटरमिल्क० लाई प्रवर्द्धन गर्ने अभियानले नयाँ उपलब्धि हासिल गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा होलिडे इन एक्सप्रेस होटल, नक्सालका सञ्चालक नरेशलाल श्रेष्ठले आफ्नो प्रतिबद्धता पूरा गर्दै आजदेखि होटलमा बस्ने स्वदेशी तथा विदेशी पाहुनालाई मोही ९बटरमिल्क० उपलब्ध गराउन सुरु गर्नुभएको छ।
यसअघि नेपाल डेरी एसोसिएसनले आयोजना गरेको दही–चिउरा प्रवर्द्धन तथा उपभोग कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले ूअब स्टार होटलहरूमा पनि मोही उपलब्ध गराउने प्रयास गर्नेछुू भन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। सोही प्रतिबद्धता कार्यान्वयन भएपछि नेपाल डेरी एसोसिएसनले उहाँप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
यस अवसरमा उपाध्यक्ष श्रेष्ठले नेपालको मौलिक उत्पादन, संस्कृति र परम्परालाई विश्वसामु चिनाउने उद्देश्यले होटलमा मोही समावेश गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, ूनेपालको मौलिक परिकार र पेय पदार्थ विदेशी पाहुनासम्म पुर्याउन सके पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुग्छ। यहाँको संस्कृति, परम्परा र स्थानीय स्वादको अनुभव लिएर फर्किएका पर्यटकहरूले विदेशमा पनि नेपालको प्रचारप्रसार गर्नेछन्। यसले पर्यटन, कृषि र स्वदेशी उत्पादन तीनै क्षेत्रलाई फाइदा पुर्याउँछ।ू उहाँले नेपाल डेरी एसोसिएसनले लामो समयदेखि मोही प्रवर्द्धनमा खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यको हैसियतले पनि यस अभियानलाई साथ दिनु हाम्रो कर्तव्य भएको उल्लेख गर्नुभयो। साथै, मोही स्वास्थ्यका लागि अत्यन्तै लाभदायक भएकाले यसको व्यापक प्रचारप्रसार आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
यसै विषयमा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले आफूहरू अत्यन्तै खुसी र भावुक भएको प्रतिक्रिया दिनुभयो। उहाँले भन्नुभयो, ूहामीले एउटा सानो अभियानका रूपमा सुरु गरेको मोही प्रवर्द्धन आज स्टार होटलसम्म पुग्नु हाम्रा लागि ठूलो उपलब्धि हो। होलिडे इन एक्सप्रेस होटल नक्सालले यसलाई व्यावसायिक रूपमा अपनाउनु नेपाली मौलिक उत्पादनप्रतिको सम्मान र स्वदेशी अभियानको सफलता हो। यसका लागि नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठ तथा होलिडे इन एक्सप्रेस होटल परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछौं।ू
नेपाल डेरी एसोसिएसनका अनुसार अब नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा देशभरका अन्य होटल, रेस्टुरेन्ट तथा आतिथ्य क्षेत्रका प्रतिष्ठानहरूमा पनि मोहीलाई नेपाली मौलिक पेय ९ल्बतष्यलब ित्चबमष्तष्यलब िम्चष्लप० का रूपमा समावेश गराउने अभियानलाई थप व्यापक बनाइनेछ।
एसोसिएसनले स्वदेशी उत्पादनको प्रवर्द्धन, दुग्ध किसानको आय वृद्धि, पर्यटन विकास तथा नेपाली मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न मोही अभियानलाई निरन्तर अगाडि बढाइने जनाएको छ।








