संकल्प कलेज बनेपा-१०, जनागालको विद्यार्थी क्लबको आयोजनामा भएको अन्तर कलेज फुटसल प्रतियोगिताको उपाधि न्याथोम कलेज काठमाडौले जितेको छ । प्रतियोगितामा दोस्रो नेपाल पुलिस स्कुल साँगा भएको छ ।
शुक्रबार बिजेताहरुलाई पुरस्कार वितरण जिल्ला समन्वय समिति प्रमुख दिपक गौतमले गरेका थिए । गौतमले संकल्प कलेजले पढाई सगै विद्यार्थी–विद्यार्थी बीच आपसी सम्बन्ध विस्तार, खेलकुदको विकास तथा स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्न उक्त प्रतियोगिता महत्वपुर्ण रहेको बताए । प्रतियोगितामा २१ वटा कलेका २४ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा क्याम्पस प्रमुख सूर्यबहादुर बस्नेतले खेलकुदले विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास र सहकार्यको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । संकल्प कलेज क्लबका अध्यक्ष सुमन थापाले प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार रुपैयाँ तथा द्वितीय हुने टिमले १५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको बताए । प्रतियोगिताले विभिन्न कलेजका विद्यार्थीबीच मित्रवत् सम्बन्ध विस्तार गर्नुका साथै खेलकुद संस्कृतिको प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास थापाले बताए । कार्यक्रममा कलेजका प्रशासन प्रमुख निरोज पाण्डे, आर्थिक निर्देशक सुरज पन्त, कार्यक्रम संयोजक आयुष तौजले, विभागिय प्रमुख जयराज देउजा र लजिष्टिक हेड राज दाहाल लगाएतको आतिथ्यता रहेको थियो ।