नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघको केन्द्रीय उपाध्यक्षमा समिप त्रिपाठी र महासचिवमा विजय तिमल्सिना मनोनित भएका छन् । संघको बिहिबार बसेको सचिवालय बैठकबाट उपाध्यक्षमा समिप त्रिपाठी, महासचिवमा बिजय तिमल्सेना र कोषाध्यक्षमा सन्तोष अग्रवाललाई मनोनित गरिएको हो । त्यस्तै केन्द्रीय सदस्यमा रमेश ढुंगाना र गणेश ठकुरी लाई चयन गरिएको नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघका केन्द्रीय अध्यक्ष पुर्ण पाण्डेले जानकारी दिनुभयो ।