धुलिखेल, नेपाल केन्पो खुकुरी मार्शल आट्र्स संघको केन्द्रिय बैठक शनिबार धुलिखेलमा सम्पन्न भएको छ । केन्द्रिय अध्यक्ष पुर्णप्रसाद पाण्डेको अध्यक्षता र प्रमुख सल्लाहकार डा.चुडादेब सिंह लामाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
बैठकमा संघको बिभिन्न प्रदेश र समय पुगेका जिल्लाहरुको अधिवेशन जेठ मसान्तभित्र सम्पन्न गर्ने, संघले भक्तपुरमा निर्माण गर्दै गरेको कवर्ड हलको शिलान्यास, प्रगती विवरण माथी छलफल, आगामी बर्षको कार्ययोजना र लक्ष्य, केन्द्र, प्रदेश र जिल्लाको गतिबिधिलगायत विषयमा छलफल भएको अध्यक्ष पुर्णप्रसाद पाण्डेले जानकारी दिए । पाण्डेले भक्तपुरको सुर्यविनायकमा कवर्ड हल निर्माणको लागि प्रक्रिया शुरु भई सकेका भन्दै चाडै यो कार्य पुरा हुने बताए ।
बैठकमा प्रमुख सल्लाहकार डा.चुडादेब सिंह लामाले संघको गरिमालाई उचो राख्न र खुकुरी मार्शल आट्र्स खेलको बिस्तारमा सबै लाग्नु पर्नेमा जोड दिदै सबैको सहयोग भए चाडै केन्पोको कवर्ड हल बन्ने विश्वास व्यक्त गरे । बैठकमा प्रेस सल्लाहकार नवराज बजगाई, केन्द्रीय समिति उपाध्यक्ष यशोदा थापा, सह–कोषाध्यक्ष कल्पना विश्वकर्मा, टिबिटी तामाङ केन्द्रीय सदस्यहरू ज्ञानेन्द्र बिक्रम सिजापति, केदार ढकाललगायतले नेपाल केन्पो खुकुरी मार्शल आट्र्स संघले लिएका योजना पुरा गराउन लागि पर्ने बताएका थिए ।