अरबिन्द्र गौतम / काभ्रे
काभ्रेपलान्चोक – बनेपा चौरिदेउराली गाउँकामा यात्रु बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परि ४० भन्दा बढि घाइते भएका छन् ।घाइते सबैको उद्धार गरी धुलिखेल अस्पतालमा उपचार भैरहेको छ भने २ जना लाई काठमाडौं रिफर गरिएको छ र दुबैको अबस्था गम्भीर रहेको छ ।
रामेछापको गुराँसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा ४ ख ७१०२ नम्बरको बस ब्याक गर्ने क्रममा सडकदेखि २० मिटर तल खसेर दुर्घटना भएको प्रहरीको भनाइ छ।प्रहरीका अनुसार विपरित दिशाबाट आएको गाडीलाई साइड दिनका लागि ब्याक गर्नेक्रममा बुधबार बिहान करिब १० बजेको समयमा बस दुर्घटनामा परेको हो ।
दुर्घटना पश्चात फरार रहेका बसका चालक अहिले टेलिफोन सम्पर्कमा आइसकेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिइएको छ । व्यवस्थित सडक नहुँदा कोशीपारी दुईवटा गाउँपालिकाका जनताले कष्टकर जीवन विताउदै आएकोमा सडक पिच हुन थालेपछि खुशी देखिन्थे ‘बल्ल तल्ल कालोपत्रे भएको, अब त राम्रो भो भन्ठानेको तर कम्जोर पिच बाटो अनि अनुभवी चालक नहुदा निरास देखिन्छन् ।
कोशीपारी सडक हरिबिजोक देखेर स्थानीय बासिन्दाहरु दुख व्यक्त गर्दछ्न
बर्सेनि दुर्घटनामा धेरैको ज्यान गएको छ । अव्यवस्थित बाटो अनि पुराना गाडी अनुभवी चालक नहुदा यस्तो दुर्घटना भएको स्थानीय एक ब्याक्तीको भनाइ छ ।
यस्तो दुर्घटना हुनुमा काभ्रे जिल्ला प्रहरीको पनि ठुलो कमजोरी रहेको स्थानीय प्रेम चौलागाईंले बताउनु भयो उहाँ भन्नू हुन्छ प्रहरीले समय समयमा चेक जाँच गर्न हो भने अनुभवी चालक र गाडीको स्थिति बारे बुझ्ने हो भने कोशिपारिको दुर्घटनामा धेरैले ज्यान गुमाउनु पर्ने थिइएन ।
आजको नव क्षितिज साप्ताहिकमा प्रकाशित समाचार







