अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
काभ्रेपलान्चोक – बनेपा सूचना तथा संचार प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटा र विजय प्रकाश मिश्र बीच भएको भनिएको संवादको टेप बाहिरीएसँगै मन्त्री बाँस्कोटाले नैतिकताको आधारमा राजिनामा गर्नुभएको छ भने उक्त अडियो आफ्नो नभएको दाबी गर्दै आएका छन् ।

अडियो मेरो होइन, क्यारिकेचेर गरेर बनाईयो,मलाई फसाइयो गोकुल प्रसाद बाँस्कोटाकोले यस्तो भनी रहदा जनता हरुले भनी रहेका छ्न यो एउटा सुनियोजित तरिकाले फसाउन खोजिएको विपक्ष दल लगायतको काम हो ।

उक्त अडियो बाहिरिएको दिन उनी सुदुरपश्चिममा थिए । त्यतिवेला पनि उनले उक्त अडियो आफ्नो नभएको र ७ वटा जोडेर बनाएको होला भनेर हतारिएको प्रतिक्रिया दिएका थिए । तर, तीन घण्टा नबित्दै उनले काठमाडौं आउनेबित्तिकै पदबाट राजीनामा दिएका थिए ।

उक्त प्रकरणलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको नाम भ्रष्टाचारमा मुछिएको छ । कतिसम्म प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त संसदमा प्रधानमन्त्री ओलीले जवाफ दिनुपर्ने माग गरेको छ । प्रधानमन्त्रीको विश्वासपात्रले यस्तो कमिशनको डिल गर्दा प्रधानमन्त्रीलाई थाहा भएको कांग्रेसको दाबी छ । यदि थाहा नहुनु भनेको पनि पाप हो भन्दै उसले यो प्रकरणलाई लिएर प्रधानमन्त्रीले जतिसक्दो चाँडो जवाफको माग गरेको छ । आफ्नै पार्टीभित्रबाट पनि यो प्रकरणलाई लिएर प्रधानमन्त्री ओलीविरुद्ध मोर्चाबन्दी भएको छ ।

खासगमा उक्त अडियो विजयप्रकाश मिश्रले बाहिर ल्याएका हुन् । उनले आफूले उक्त अडियो प्रधानमन्त्रीलाई नदिएको बताएका छन् । पत्रकार ऋषि धमलासँगको टिभी अन्तर्वार्तामा उनले आफूले प्रधानमन्त्री ओलीलाई नभेटेको र अडियो पनि नदिएको दाबी गरेका छन् । तर, केही दिनअघिमात्रै उनले दुई महिना अघि नै प्रधानमन्त्रीकहाँ उक्त अडियो पुर्याएको समाचार जोडतोडले छापिएको र भनेका थियो ।

अन्र्तवार्तामा मिश्रले आफूले मन्त्री बाँस्कोटालाई राम्रोसँग नचिनेको हेलो हाइ मात्र हुने गरेको बताएका छन् । सामान्य हेलो हाइ मात्र हुने व्यक्तिसँग मन्त्री बाँस्कोटाले यत्ति सहजरुपमा कमिशनको डिल गरे होलान ?

बाहिर आएको रेर्कडमा उनी र मन्त्रीसँगको मात्र संवाद सुनिएको छ । विजय मिश्रले भनेजस्तो सुरुमा अन्य व्यक्तिसँग कुरा गर्दै गरेको रेर्कड किन बाहिर ल्याइएन ?

रेर्कड सुरुमै अन भएर गोजीमा परेको कुरा बताउने मिश्रले मन्त्रीको कार्यकक्षमा जाँदा सिधै संवाद गरेनन् होला उनले औपचारिक रुपमा नमस्ते, के छसम्म त भने होलान्, त्यो कुरा किन बाहिर ल्याइएन ? फेरि करोडौंको कमिशनको डिल गर्ने व्यक्तिसँग सिधै कति आउँछ के हो भनेर कुरा त भएन होला उक्त संवाद किन लुकाइयो आदि धेरै प्रश्न उठेका छ्न ।

उनले अन्र्तवार्तामा जम्माजम्मी तीन मिनेट मात्र कुरा भएको बताउएका छन् र मन्त्रीले हतार छ कार्यक्रममा निस्किन लागेको भन्दै निस्किएको बताएका छन् बाहिर ल्याएको टेपमा त्यो कुनै संवाद सुनिदैन । मिश्रले भनेजस्तै हो भने ती सबै कुराहरु रेर्कड भएका छन् ती सबै कुराहरु किन बाहिर ल्याइदैन ?

यदि उनले बाहिर ल्याएको अडियोकै आधारमा मन्त्री बाँसकोटाले राजिनामा दिनुपर्छ भने रेर्कड बाहिर ल्याएर भ्रष्टाचार रोके भनेर अरुलाई आरोप लयाउने व्यक्तिले भएको पुरै संवाद बाहिर ल्याउनु पर्छ कि पर्दैन ? निश्चित उदेश्य राखेर भएको पुरा रेर्कड किन उनले काटछाँट गरेर बाहिर ल्याए ?

अन्तर्वाताको एक प्रशसंगमा उनले मन्त्रीले ७० करोडको कुरै नगरेको तर कर्मचारीलाई गाली गरेकोले उनको स्वभाव बारे थाहा दिन टेप बाहिर ल्याएको बताएका छन् ।

अन्र्तवार्तामा उनले आफूलाई स्विस ऐजेण्ड नभएको समेत बताएका छन् तर उनले स्विस कम्पनीको मेसिन ल्याउनका लागि आफू तीन बर्ष अघि लागेको र छोडिसकेको बताएका छन् । यसले उनको दुई जिव्रे कुराको पुष्टि गर्छ कि गर्दैन ?

जब मिश्र स्विस ऐजेन्ट नै होइनन् भने किन र कस्कालागि कमिशनको कुरा लिएर उनी मन्त्री कहाँ पुगे ?

उनले अन्र्तवार्तामा उक्त रेर्कड करिब १८ महिना अघिको बताउने गरेका छन् । उक्त रेर्कड १८ महिना अघि कै हो भने सार्वजनिक लेखा समितिमा मिश्र प्रेसविज्ञ बनेर पसेको कहिले हो रु तीन बर्ष अगाडी ऐजेन्ट, १८ महिना अघि सामान्य बादचितका आधारमा असिसटेन्ट मार्फत मन्त्रीसँग करोडौंको डिल गर्ने मिश्र १५ महिनापछि कसरी सार्वजनिक लेखा समितिमा प्रस विज्ञ बनेर प्रवेश गर्न पुगे ।

उनको अन्र्तर्वाताले राज्यको कुन तहसम्म ऐजेन्टहरु पुग्न सक्छन्, उनीहरुले राज्य संचालन गर्नेहरुसँग के कस्तो कुरा सम्म गर्न सक्छन् र कुरा नमिले कसरी र कुन तरिका र हदसम्म बाग्र्रेनिक गर्न सक्छन् र काम नमिलेदेखि पदमा रहेकाहरुलाई कसरी निरिह बनाउन सक्छन् भन्ने कुराको पुष्टि गर्दैन र ?

अन्तमा मिश्रले अन्र्तवार्तामा स्पष्ट रुपमा भनेका छन् । उहाँले मन्त्री व्यथ रहेको बताउँदै । आफूले स्विजरल्याण्डको राजदुतलाई भेटाउन समय लिन फोन गरेको बताएका छन् मन्त्रीले आज समय छैन भोली कुरा गरौंन भन्दा उनले आफू संचारमन्त्रालय मुनी रहेको र दुई चार मिनेट कुरा गर्ने बताएसँगै तत्काल भेट्न बोलाएको बताएका छन् । उनले त्यसअघि आफूले अर्कै व्यक्तिसँगको कुरा कानी रेर्कड गरिरहेको अवस्थामा मनत्रीले हतारमा बोलाएकाले रेर्कड अन नै भएकाले उक्त संवाद रेर्कड भएको बताएका छन् ।

मिश्रको कुरालाई नै सत्य मान्ने हो भने अब उनले सुरुमा अन्य व्यक्तिसँग भएको रेर्कडदेखि मन्त्रीसँग छुटेसम्मको रेर्कड भएको स्पष्ट छ उक्त रेर्कडको पुरै संवाद बाहिर ल्याउने हो भने दुधको दुध र पानीको पानी हुने स्पष्ट छ । नत्र कसैलाई मुछेर, मुछ्नकै लागि निश्चित संवादलाई मात्र बाहिर ल्याएर दोष थुर्पान मिल्दैन ।

मन्त्री बाँस्कोटाले उक्त संवाद गरेकै हो भनेपनि उक्त वार्तालाप अनुशार काम नभएकाले उनले इगो साध्नका लागि रेर्कड बाहिर ल्याएको होइनन् भन्ने कुरा प्रमाणित गर्नका लागि मिश्रले पुरा रेर्कड बाहिर ल्याउनै पर्छ । हैन भने मन्त्रीले संवाद गरेकै आधारमा दोषी करार हुनु पर्छ भने घुस खुवाउनका लागि सुरुदेखि नै बाग्र्रेनिङमा लागेका मिश्रलाई पनि सजाय हुनै पर्दछ ।

कमिशनखोरहरु भ्रष्टचार विरोधी र कमशनखोरहरुलाई पन्छाएर प्रकृयागतरुपमा काम गर्ने मन्त्रीलाई दोषी करार हुनु विडम्बना मात्र हुनेछ । अन्तमा स् सुरक्षण छपाई प्रेस खरिद भइसकेको विषय हैन । यस्को मूल्य कति पथ्र्यो, कतिमा किनिदै थियो रु कमिशन खान खोजिएको थियो वा थिएन रु मूल्य बढाइएको थियो वा घटाइएको थियो एक एक कागजात त्यो हेर्नका लागि सबै स्वतन्त्र छन् । अनावश्यक हल्लाले एकातिर कसैको राजनीतिक जीवन दाउँमा पर्न सक्छ भने अर्को तर्फ राज्यमा आउन लागेको ठूलो विकास रोकिन सक्छ ।