काभ्रेपलान्चोक – बनेपा कलाकारिता क्षेत्रमा गायक तथा सर्जक राम सरण आले मगरलाई अर्को सफलता हात परेको छ ।

प्रथम ज्योती फिल्मस म्युजिक अवार्ड २०७६ मा नव काँठे लोक दोहोरी गायक तर्फ सर्ब उत्कृष्ट टप ५ को नोमिनेशनमा पर्न सफल हुनु भएको छ केही अगाडि मात्रै काठमाडौंको बालाजु नयाबस्पार्क स्थित टप राजधानी दोहोरिमा आयोजना भएको टप ५ मनोनीतलाई प्रमाणपत्र प्रदान गर्ने कार्यक्रमममा प्रमाणपत्र प्राप्त गरेका छन् । राम सरण मगर ूबारीको बनमराू गितबाट सर्बउत्कृस्ट टप ५ नव गायकमा मनोनित भएको हो ।

यस गितमा मुख्य अभिनय भने राज तामाङ् र प्रिती तामाङ्को रहेको छ । साथै यस गितमा पछिल्लो समयमा चर्चा कमाउन सफल गायक तथा सर्जक दिनेश भण्डारी पनि छोटो अभिनय गर्नु भएको छ। यस गितमा स्वर भने राम सरण मगर र भोजराग रखाल र पर्वती कार्कीको रहेको छ ।

गायक राम सरण आले मगरले अवार्ड हात पर्नको लागि सबै माझ भोटको लागि अपिल गर्नु भएको छ भोट गर्नका लागि JFMA<SPASE>११६ टाइप गरि ३१००७ मा भोट गर्न सक्नुहुनेेेछ ।