१३, माघ / काभ्रेपलान्चोक – बनेपा नगरपालिका भित्री बजारहरुको होटल बाट बनेपा प्रहरीले आज पनि मदिरा नियन्त्रणमा लिएको छ । दिन प्रतिदिन बनेपा इलाका प्रहरी कार्यलयले राम्रो काम गर्दै आएकोमा स्थानीयले खुशी व्यक्त गरेका छ्न ।
समुदाय प्रहरी साझेदारी अबधारणा अन्तर्गत बनेपा इलाका प्रहरी कार्यालयका प्रमुख प्र.नि. योगेन्द्र तिमिल्सिनाको कमाण्डमा १३ जनाको प्रहरी टोली गई बनेपा नगरपालिकाको भित्री बजारहरुमा संचालन गरिएका बिभिन्न होटलहरुबाट अन्दाजी पच्चिस सय २५,०० लिटर अबैध घरेलु मदिरा नियन्त्रणमा लिएको काभ्रे प्रहरीले जानकारी दिइएको छ ।
उक्त मदिरा जन प्रतिनिधिहरु,स्थानिय समाजसेवीहरुको सहभागितामा बनेपा न.पा.वडा नं. ५ स्थित चप्लेटिमा नष्ट गरिएको छ ।








