काभ्रेपलान्चोक – बनेपा नेपाली गीत संगीतको क्षेत्र दिनप्रतिदिन ब्यवसाहिक धरासाही बन्दै गएता पनि कलाकारहरुका उत्साहप्रति थप उर्जा प्रदान गर्नका निमित्त बिभिन्न अवार्डहरु आयोजना भैरहेका छन् । यस्ता अवार्डहरुको छाप कमाउ धन्दाको रुपमा बजारबाट टिप्पणी आएता पनि केहि त्यस्ता अवार्ड छन्, जस्ले साँच्चै कलाकार र यस क्षेत्रको सम्वृद्धि चाहन्छ । यसैलाई ध्यानमा राख्दै ‘पुराना कलाकारलाई सम्मान,नयाँलाई प्रोत्साहान’ भन्ने मूल नाराका साथ्, फाल्गुन महिनाको १ गते राष्ट्रिय नाचघरमा “ज्योति फ्लिम्स म्युजिक अवार्ड” हुने भएको छ ।
ज्योति फ्लिम्स प्रालिको आयोजनामा सम्मन्न हुन लागेको उक्त कार्यक्रमको ५ मनोनयन पनि सार्बजनिक गरेर मनोनयनमा परेका लाई प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न गरेको छ ।
नोमिनेशनमा परेका कलाकारहरुलाई यहि माघ १० गते काठमाण्डौको मित्रनगर नेपाल टेलिकम अगाडी, ९टप राजधानी दोहोरी साँझ बाट प्रमाण पत्र प्रदान गरिएको छ ।







