बनेपा – काभ्रेपलान्चोक दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ यही मिती २०७६ माघ ४ गते “राष्ट्रिय सभागृह”मा सम्पन्न भएको छ ्र एपिक नेपाल म्युजिक प्रा।लि। द्वारा आयोजित दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ को सर्वोकृष्ट पाँच मनोनयनमा पर्न सफल कुल ४६ विधाका कलाकारहरु मध्ये प्रतेक बिधाको उत्कृष्ट एक जनालाई अवार्ड बितरण भएको छ ।
“कला र गलाको संरक्षण हाम्रो अभियान, नवलाई प्रोत्साहन,अग्रजलाई सम्मान” भन्ने मूल नाराको साथ आयोजना गरिएको दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ को सर्वोकृष्ट एकमा पर्न सफल कुल ४६ विधाका कलाकारहरु लाई अवार्ड बितरण कार्यक्रम साथै नेपाली गीतसंगीत लाई आजको यो स्थानमा ल्याइपुर्याउनका निमित्त गरेको योगदानको उच्च कदर गर्दै अग्रज गीतकार श्री किरण खरेल ज्यू लाई एपिक दिर्घ साधना सम्मान र कला पत्रकारिता क्षेत्रमा दिएको योगदानको उच्च कदर गर्दै अग्रज पत्रकार श्री बिदुर गिरि ज्यू लाई एपिक कला पत्रकारिता सम्मान द्वारा सम्मान कार्यक्रम सब्य र भब्यका साथ सम्पन्न गरिएको छ भने उक्त कार्यक्रममा बिभिन्न क्षेत्रका माननीय तथा सम्मानानीय ब्याक्तित्वोहरुले आथित्त्यता ग्रहन गर्नु भएको थियो ।
चर्चित उद्घोसक तथा संचारकर्मी दिनेश डिसीले निकै नै रोचक र सब्य तवरले उद्घोषण गरेको कार्यक्रममा बिभिन्न समाननीय ब्यत्तित्तोहरु साथै चर्चित गायक तथा गायिका,सर्जक, एरेन्जर, भिडियो छायाँकार, सम्पादक, निर्देशक एवम कलाकारहरु लगायत संचारकर्मी, समाजसेबी, पर्यटन ब्यबसायी साथै बिभिन्न उधमीहरुको पनि सहभगिता रहेको थियो।
राष्ट्रिय सभाग्रिहमा आयोजित यस कार्यक्रमलाई चन्द्रागिरी नगरपालिका, सि जि ग्रुप ९नेपाल आइस० र नेपाल कै नम्बर वान मोबाइल एक्सेन्ज हाउस केटीम मोबाइल ९सप न ३१,ताम्रकार मोबाइल कम्प्लेक्स० लगायत बिभिन्न मिडियाहरुले पनि बिभिन्न तरिका बाट सहयोग गर्नुभएको थियो ।
क्रायक्रम लाई निकै मर्यादित ढंगले साथै सब्य अनी भब्य तरिकाले सम्पन्न गर्न सफल भएका छौ भन्दै अध्यक्ष श्रेष्ठ भन्नु हुन्छ, सबैजनाले प्रतक्ष तथा अप्रतक्ष सहयोग गर्नुभएकोले नै कार्यक्रम सोचे भन्दा निकै राम्रो भयो ।







