काभ्रेपलान्चोक – बनेपा एपिक म्युजिक अवार्डको दोस्रो संस्करन राजधानी स्थित राष्ट्रिय सभा गृहमा सम्पन्न भएको छ ।कार्यक्रममा धेरै कलाकार हरुको उपस्थिति रहेको थियो । पुर्ब उप प्रधानमन्त्री टोपेन्द्र रायमाझी ज्युको प्रमुख आतिथ्यमा बरिस्ठ रचनाकार किरण खरेल ज्यु लगायत बरिस्ठ ब्याक्तित्व हरुको निकै बाक्लो उपस्थिति रहेकोे थियो। एपिक म्युजिक अवार्ड को संस्करणमा करिब ३६ वटा बिधामा अवार्ड बितरण गरिएको थियो । त्यसै अन्तर्गत लोक गायक अमृत भारतिले जुरि अवार्ड हात पार्न सफल भएका छ्न ।
मेरो प्यारो सिन्धुपाल्चोक बोलको गित बाट गायक अमृत भारतिले अवार्ड हात पारेका हुन । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा।न ।२ मा जन्मिएका अमृत भारती सानैदेखी गित सङ्गितमा रुची राख्थे गाउँ घरमा मेलापात जादाखेरी बेस्सरी गित गाउथे।पुजापाठ र जात्रा हरुमा नि गित गाएर सबैलाई चकित पार्थे । उनि साहित्यका सस्टा सर्जक पनि हुन निकै कबिता,गजल र मुक्तक हरु पनि लेख्थे। वि।स।२०७१ सालमा ूअमृतूनामक गजलसंग्रह पकाशन गरेर सबैको मन जितिसकेका थिए।
गजलसंग्रह प्रकाशन गरेर जिल्लामै कान्छो गजलकारको रुपमा परिचित थिए । नेपाली साहित्यका क्षेत्रमा उनको ठुलो योगदान रहेको छ । त्यो सङ्गसङ्गै साङ्गितिक क्षेत्रमा लागेर प्रहिलो गित ूकन्या राशीूबजारमा ल्यायका थिए।कन्या राशी गितको राम्रो चर्चाले गर्दा गायक भारतिले क्रमशः मन परेको केटि , हलो हुदैन ,पशुपति नाथ,नाचिदेउ मायाले छम्म छम्म छम्म जस्ता गितहरु दुइ दर्जनभन्दा बढी ल्याइसकेका छन ।
बजारमा चर्चा बटुल्न सफल गित कन्या राशी ,मेरो प्यारो सिन्धुपाल्चोक ,मन परेको केटि ,सुभ दशै जस्ता गितहरुले दर्शक श्रोताको मन जितेको थियो।अघिल्लो बर्ष सम्पन्न नेशनल पावर न्युजले आयोजना गरेको अवार्ड पनि सर्वोउत्कृस्ट गायक बाट अवार्ड जितेका थिए । मेरो प्यारो सिन्धुपाल्चोक गित बाट मात्र २ वटा अवार्ड जितिसकेका छन।
भारतिले लाखौं दर्शक श्रोताको मन जितेर साङ्गितिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भैसकेका छन।गायक भारतीले आफ्नै म्युजिक कम्पनी समेत खोलेका छन भारती पिक्चर्स प्रा। लि नामक म्युजिक कम्पनीले धेरै गित हरुलाई बजार ब्यबस्थापन गरिसकेको छ । छोटो समयमा निकै लोकप्रिय बनेका गायक भारती हसिलो सरल र सबै सङ्ग मिलनसार छन।
उनको गाउने शैली पनि उत्कृष्ट छ।राष्ट्रिय सङ्गित कर्मी संघ जिल्ला शाखा सिन्धुपाल्चोकले आयोजना गरे जिल्ला स्तरीय खुल्ला दोहोरी गित प्रतियोगितामा द्वितिय भएका थिए।बर्सेनि ३,४ वटा उत्कृष्ट गित बजारमा ल्याएर दर्शकको मन जित्दै गाएका छन । गायक भारतिले छिट्टै मेरो प्यारो सिन्धुपाल्चोक भाग २ ल्याउने जानकारी दिए मेरो प्यारो सिन्धुपाल्चोक गित एक बर्ष अघि मात्र पुर्ब सूचना तथा संचार मन्त्री अग्नि प्रसाद सापकोटा ज्युको हात बाट बिमोचन गरियको थियो। सोहि कार्यक्रममा सिन्धुपाल्चोक जिल्लामा रहेका १०० जनाभन्दा बढी कलाकार हरुलाई सम्मान गरियको थियो।







