अरबिन्द्र गौतम / काभ्रे
काभ्रेपलान्चोक – बनेपा ईलाका प्रहरी कार्यालय बनेपाले नयाँ नेतृत्व पाउन साथ आफ्नो क्रियाकलाप बढाएको छ । बनेपा नगरपालिका वडा नम्वर ९ स्थित मगर गाउँमा तास खेलिरहेका जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

१० जना भाग्न सफल भएका छन् भने ५ जान प्रहरीको नियन्त्रणमा परेका छन् । प्रहरीले १ लाख ६२ हजार २० रुपैया नगद बरामद गरेको छ भने ११ मोटरसाईल, ४ वटा स्कुटी,१ एउटा कार बरामद गरेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सेनाले जानकारी दिए ।